नमुना युवा सांसद के एम सी २०८० सम्पन्न


लेखक : सुन्दराञ्चल      माघ १८, २०८० मा प्रकाशित     
नमुना युवा सांसद के एम सी २०८० सम्पन्न

 धनगढी, १८ माघ / कैलाली बहुमुखी क्याम्पसमा नमुना युवा सांसद २०८० सम्पन्न भएको छ। माघ १६ र १७ गते गरी दुई दिने कार्यक्रम उल्लास पुर्ण वातावरणमा समापन गरिएको छ । आजका युवा विद्यार्थी भोलि देश चलाउने शासक पनि हुन,र नीति निर्माण गर्न जान्नु सबैलाई आवश्यक छ,भन्ने मान्यताका साथ उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक डिवेट कल्वका अध्यक्ष तथा प्रशिक्षक गणेश खत्रीले बताए।

आफुले निरन्तर २०७४ साल देखि नमुना युवा सांसद को प्रशिक्षण दिँदै आएको तर कैलाली बहुमुखी क्याम्पसको यो कार्यक्रम सबै भन्दा उत्कृष्ठ र प्रभावकारी हुने अध्यक्ष तथा प्रशिक्षक खत्रीले बताए। यो कार्यक्रममा वाक कला प्रस्फुटन गर्ने क्षमता सँगै संसदमा कसरी प्रस्तुत हुने नियमको पालना गर्ने सिपको पनि विकास भएको कार्यक्रममा सहभागि भएका विद्यार्थी सन्तोष रावलले बताए।

यस्तो कार्यक्रम गरि सहभागी हुने मौका दिएकोमा आयोजकलाई सहभागी विद्यार्थीहरुले बिशेष धन्यवाद दिएका छन्। सम्पुर्ण सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको डेविट कल्वका अध्यक्ष तथा प्रशिक्षक खत्रीले बताए। यस्तै कार्यक्रमको प्रमुख आतिथ्यतामा कैलाली बहुमुखी क्याम्पसका सह प्राध्यापक ठाकुर प्रसाद ढुंगेल, विशिष्ट आतिथ्यतामा कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति यमराज जोशी रहनुभएको डेविड कल्वका सचिव नवीन सापकोटाले बताए।

Open photo

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap