महादेव गिरी, सम्वाददाता
धनगढी १६ जेष्ठ, बाजुरा जिल्लाको बडीमालिका क्षेत्र प्रचुर सम्भावना नै सम्भावनाले एक प्रर्यटकीय, तथा धार्मीक सुन्दरताले भरिपुर्ण। क्षेत्रका रुपम रहेको बडीमालिकालाई पर्यटन प्रवद्र्धन गरिने भएको छ । संघीय सरकारले हिजो आइतबार प्रस्तुत गरेको बजेटमा बडीमालिका क्षेत्रलाई पर्यटन प्रवद्र्धन गर्न आवश्यक प्रर्ने बजेटको व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बताएका छन् ।
अर्थमन्त्री शर्माले संसदमा प्रस्तुत गरेको बजेटमा बाजुराको बडीमालिका सहित सुदूरपश्चिमका ७ वटा धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिने बजेट व्यक्तव्यमा उल्लेख गरेका छन् ।
अर्थमन्त्री शर्माले बैतडीका डिलाशैनी,निङ्लाशैनी,मेलौली,बाजुराको बडीमालिका,डोटीको शैलेश्वरी,डडेल्धुराको उग्रतारा र त्रिपुरा सुन्दरीलाई पर्यटकीय क्षेत्रका रुपमा प्रवद्र्धन गर्न बजेटको व्यवस्था गरेको संसदमा बजेट प्रस्तुत गरेका छन् । 

