धनुषाबाट हतियारसहित तीन जना भारतीय नागरिकलाई पक्राउ,


लेखक : सुन्दराञ्चल      असार १३, २०७९ मा प्रकाशित     
धनुषाबाट हतियारसहित तीन जना भारतीय नागरिकलाई पक्राउ,

१३ असार, जनकपुरधाम, सशस्त्र प्रहरी बलले सोमबार धनुषाबाट हतियारसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जनकपुरधामबाट भारततर्फ जाँदै गरेको बीआर ०६ एपी ३००८ नम्बरको कारमा सवार उनीहरुलाई विदेह नगरपालिका-१ महिनाथपुरबाट हतियारसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मुजफ्फरपुर ७ साहेबगञ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्जवल कुमार र २६ वर्षीय सञ्जय कुमार छन् ।

उनीहरुको साथबाट मेड इन यूएसए लेखिएको ७.६२ एमएमको एक राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीले जानकारी दिए । कारको अगाडिपट्टिको बायाँ साइडको सिटमुनि उक्त पेस्तोल राखेको अवस्थामा बरामद भएको उनले बताए ।

हतियारसहित पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap