चैतन्य पाठशालाद्वारा राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई सम्मान


लेखक : सुन्दराञ्चल      माघ २५, २०८१ मा प्रकाशित     
चैतन्य पाठशालाद्वारा राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई सम्मान

धनगढी माघ २४, कैलालीको धनगढीस्थित चैतन्य पाठशालाले राष्ट्रिय क्रिकेटका खेलाडीलाई सम्मान गरेको छ । शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मान भन्ने दर्शन बोकेको चैतन्य पाठशालाले स्थापना कालदेखि नै सामाजिक सेवा तथा प्रतिभाहरूलाई सम्मान गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा नेपाली क्रिकेट खेल जगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम चिनाउन सफल ५ जना क्रिकेट खेलाडी कुशल भुर्तेल, लोकेश बम,ललित राजवंशी, विनोद भण्डारी र सन्दीप जोरालाई आज एक समारोह बिच सम्मान पत्रसहित जनही रु १०,०००। (दश हजार) प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष गणेशप्रसाद जोशीले आजका बालबालिकालाई किताबी ज्ञान मात्रै नभई रुची अनुसारको क्षेत्रमा अग्रसर गराउनु पर्ने बताए । विद्यालयका प्रधानाध्यापक कटकबहादुर सिंहले विद्यालयले विद्यार्थीमैत्री वातावरण दिएको र चैतन्य स्पोर्ट्स एकेडेमीबाट खेल जगतमा राम्रा प्रतिभा उजागर गर्ने बताए ।
नेपाली क्रिकेटप्रेमीहरूको मन जित्न सफल भएका क्रिकेट टोलीसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा विद्यार्थीहरु निकै उत्साहित भएका थिए ।

No description available.No description available.No description available.No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap