धनगढीमा सम्पन्न हाफ म्याराथन प्रथियोगितामा नेपाली सेनाका मुकेश विजयी


लेखक : सुन्दराञ्चल      बैशाख १, २०८१ मा प्रकाशित     
धनगढीमा सम्पन्न हाफ म्याराथन प्रथियोगितामा नेपाली सेनाका मुकेश विजयी

१ बैशाख : धनगढीमा सम्पन्न हाफ म्याराथन प्रतियोगितामा नेपाली सेनाका मुकेश बहादुरपाल विजयी भएका छन् । “अब धनगढी दौडिन्छ” भन्ने नाराका साथ साथ शानिबार नयाँ वर्ष २०८१ को आगमनको पहिलो दिन प्रतियोगिता सम्पन्न भएको हो ।
धनगढी जेसिसद्वारा आयोजित २१ किलोमिटर दुरीको हाफ म्याराथनमा मुकेशले १ घन्टा ०७ मिनेट ५७.३५ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान प्राप्त गरे । जीतसँगै उनले ६६ हजार ६६६ रुपैयाँको पुरस्कार प्राप्त गरे । प्रतियोगितामा दुर्गाबहादुर बुढाले १ घन्टा ०८ मिनेट १२.७७ मिनेटमा दुरी पार गर्दै द्वितीय स्थान प्राप्त गरे । उनलाई ४४ हजार ४४४ रुपैयाँ प्रदान गरियो ।
त्यस्तै, १ घन्टा ०८ मिनेट ४९.८६ सेकेन्डमा दूरी पुरा गर्दै तृतीय बनेका नरेन्द्रसिंह रावतले ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरे । हाफ म्याराथनमा निकै ठूलो संख्यामा खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो । हाफ म्याराथन धनगढी रंगशालाबाट सुरु भएर शहीद गेट, गेटा हुँदै गेटा मेडिकल कलेज मनेहरा पुल पुगेर पुनः धनगढी रंगशालामा पुगेर समापन भएको थियो ।
त्यस्तै, पुरुष ५ किलोमिटर दौडतर्फ कविर कामी १७ मिनेट ६५.७१ सेकेन्डसहित प्रथम, विकास बोहरा १७ मिनेट ८४.४६ सेकेन्डसहित द्वितीय र विकास सिंह १८ मिनेट २१.३१ सेकेन्ड तृतीय बने । ५ किलोमिटर महिला दौडतर्फ कमला बडुवालले १८ मिनेट ५०.४६ सेकेन्डमा दुरी पार गर्दै प्रथम, बागेश्वरी धामी १९ मिनेट ०३.२४ सेकेन्डसहित द्वितीय र तुलसी रावत १९ मिनेट ४४.२८ सेकेन्डसहित तृतीय बनिन् । दुवै विधाका विजेताहरूले क्रमशः ६ हजार ६६६, ४ हजार ४४४ र ३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
धनगढी जेसिसका अध्यक्ष अरुण सिंहका अनुसार प्रतियोगिताको मुख्य प्रायोजक जेसिस एभरेष्ट स्कूल रहेको थियो । भने प्रायोजकमा चैतन्य पाठशाला रहेको थियो । प्रतियोगिताको प्रवर्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम युवा परिषद्, धनगढी उपमहानगरपालिका र नवजीवन को–अपरेटिभ्स लिमिटेड रहेका थिए ।
धनगढी जेसिसले १० वर्षदेखि हरेक नयाँ वर्षको पहिलो दिन धनगढी हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितालाई यसवर्षदेखि नेपाल एथलेटिक्स संघले मान्यता समेत दिइसकेको छ । प्रतियोगितामा बन्ने किर्तिमानहरू समेतले मान्यता पाउने जनाइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap