धनगढीमा विद्युतले ६० दिनसम्म बक्यौता नबुझाएका ग्राहाकको लाइन काट्ने


लेखक : सुन्दराञ्चल      मंसिर १९, २०८१ मा प्रकाशित     
धनगढीमा विद्युतले ६० दिनसम्म बक्यौता नबुझाएका ग्राहाकको लाइन काट्ने

 मंसिर १९,नेपाल विद्युत प्राधिरकण धनगढी वितरण केन्द्रले ६० दिनसम्म पनि विद्युतको बक्यौता नबुझाएका ग्राहाकहरुको विद्युत लाइन काट्ने भएको छ ।

कुल ८० हजार ग्राहाक रहेको केन्द्रले दुई महिना अथात् ६० दिनसम्म बक्यौता नबुझाउने ग्राहकको लाइन काटिने वितरण केन्द्रले जनाएको छ । प्रधिकरणकाअनुसार १० हजार भन्दा बढि बक्यौता बाँकी भएका ग्राहाकहरुको लाइन काटिनेछ भने बक्यौता नबुझाउँदासम्म जोडिने छैन ।

गत वर्ष प्राधिकरणले ६० दिनसम्म पनि बाँकी बक्यौता नबुझाएका तीन हजार ग्राहाकको लाइन काटेको थियो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap