धनगढी बैशाख ३ कैलालीको धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशाला तथा स्टोन ब्रिज माध्यमिक बिद्यालयको आयोजनामा नियमीतअभियान अन्तरगत शिक्षा, संस्कार र सँस्कृतिका कुरा बिषयक समारोहको आयोजना गरिएको छ ।
धनगढीमा आयोजना गरिएको समारोह शिक्षालाई संस्कारसँग जोड्दै विद्यार्थीमा जीवन उपयोगी सिपसँगै आधारभुत मुल्य र मान्यताहरुको चेतना जगाउने उदेश्यसहित सो कार्यक्रमको आयोजना गरिएको हो। चैतन्य भनेको
विवेकशिल,ज्ञानी,सुशिल,शान्त,रहनु नै चैतन्य रहेको वक्क्ता तथा शिक्षाविद आचार्य लक्ष्मण भण्डारीले बताए । स्टोन ब्रिज माध्यमिक बिद्यालय चैतन्य पाठशाला को नियमित अभियान अन्तरगत चैतन्य संवादको दोस्रो श्रृङखलामा रहेको थियो ।बिषयक समारोहमा लेखक शिक्षाविद आचार्य लक्ष्मण भण्डारीले शिक्षा, संस्कार र संस्कृतिका कुरा बिषयकमा आफ्नो प्रस्तुती राखेका थिए।
शिक्षाविद भण्डारीका अनुसार कार्यक्रममा असल अभिभावक बन्नका लागि ‘अभिभावक ले बालबालिका लाइ ज्ञानी,अभिप्रेरित बनाउनाको लागि अभिभावकले पनि बालक बन्नु प्रर्ने बताए, शिक्षा’ अभिभावकको बाबुनानीप्रतिको दायित्व, बालबालिकाहरूबाट हाम्रो अपेक्षा, वर्तमान विश्व(समाजको आवश्यकता र बालबालिकाबीचको रुचि, अभिभावक कसरी एउटा प्रेरक शिक्षक बन्न सक्छ, हरेक बालबालिकाको पहिलो पाठशाला घर र प्रथम शिक्षक माता(पिता भन्ने सन्दर्भको व्यावहारिक पुष्टिका बारेमा जानकारी दिएका थिए ।

बालबालिकालाइ कस्तो आहार(विहारले बालबालिकाको सकारात्मक मानसिक,शारीरिक एवम् चारित्रिक विकास सम्भव छ, आदर्श विद्यार्थी एवम् जिम्मेवार नागरिक बन्न बालबालिकालाई कस्तो घरायसी वातावरण आवश्यक छ, बालबालिकामा कसरी पठन संस्कृतिको विकास गर्ने भन्नेबारेमा जानकारी प्रदान गरेका थिए। आजका बालबालिकामा देखिने मूलभूत व्यावहारिक समस्या र तिनको रचनात्मक समाधानका उपाय, असल अभिभावकको विद्यालयप्रतिको दायित्व र मर्यादाका बारेमा जानकारी प्रदान गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथी गणेश बहादुर सिंह रहेका थिए । प्रमुख कार्यकारी अधिकृत, गणेश प्रसाद जोशी लगायत अतिथिहरुको उपस्थीती रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृतले विद्यालयको दृष्टिकोण र अवधारणको बारेमा जानकारी गराउनु भएको थियोसाथै कार्यक्रमलाई सभ्य तथा भव्यताका साथ सम्पन्न गर्नमा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ब्यक्त गरीएको छ। स्टोन ब्रिज माध्यमिक विद्यालयले २० वर्ष शैक्षिक यात्रा पुरा गरेको र चैतन्य पाठशालाको नामबाट यसको बिरासतमा इटा थप्ने र आगामी यात्रा तय गर्ने बिन्दुमा रहेको बिद्यालयले जनाएको छ । चैतन्य पाठशाला हाम्रो समय र शिक्षामा देखिएका सिप र
ज्ञानको अभाव परिपूर्तिका लागि स्थापित एक आधुनिक र पूर्ण विद्यालय हो। यो शिक्षालय मूल्यहरूसहितको संस्कारयुक्त मानव निर्माणकालागि साधना–शिविर हो । हाम्रो सैद्धान्तिक जग पूर्वीय अध्यात्मिक परम्परा र शिक्षाको व्यवहारिक दर्शनमा आधारित छ पूर्वीय दर्शनले आफूसहित संम्पूर्ण विश्वको कल्याणको कल्पना गर्न सिकाउनेछ भने व्यावहारिक ज्ञानले जीवन उन्नयनमा सयोग पुग्नेछ।