धनगढीमा रहेको चैतन्य पाठशालास्कुलद्धारा विद्यालय तेक्वान्दो प्रतियोगिता १२,र १३ गते आयोजना


लेखक : सुन्दराञ्चल      जेष्ठ १३, २०८० मा प्रकाशित     
धनगढीमा रहेको चैतन्य पाठशालास्कुलद्धारा  विद्यालय तेक्वान्दो प्रतियोगिता १२,र १३ गते आयोजना

महादेव गिरी संवाददाता

धनगढी जेष्ठ १३, धनगढी शिवनगरमा रहेको चैतन्य पाठशालाले प्रथम चैतन्य पाठशाला अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता २०८० जेष्ठ १२,१३ गते आयोजना गरिएको छ। धनगढी उपमहानगरपालीका ५ शिवनगरमा रहेको चैतन्य पाठशालाको आयोजनामा पहिलो पटक प्रथम चैतन्य पाठशाला अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता सुरु गरिएको हो ।

जेष्ठ १२,१३ गतेृ दुई दिनसम्म चल्ने अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा धनगढी उपमहानगरका ४२ बिद्यालयको सहभागिता रहेको विद्यालयले बताएको छ ।

पहिलो दिन शुक्रवार बिहान प्रभात ¥याली सहित नगर परिक्रमा गरिएको पाठशाला ले जनाएको छ। चैतन्य पाठशालाका प्राध्यानाध्यापक हरि प्रसाद जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम खेलकुद परिषद सदस्य सचिब दिपक बहादुर सिँह प्रमुख अतिथी रहेका थिए।

उनले बिभिन्न खेलकुदका गतिबिधी बढाउन र बजेटको माग गर्न सरकारसँग माग गर्ने बताए । जसरी चैतन्य पाठशालाले निजी क्षेत्रबाट नियम पुर्वकतेक्वान्दो प्रतियोगिताको आयोजना गरेकोमा निकै खुसी ब्यक्त गर्दै धन्यवाद ब्यक्त गरेका छन् ।यस्मा सुदुरपश्चिम खेलकुद परिषदबाट हुने सहयोग गर्न तयार रहेको उनको भनाई छ।

पाठशालाका सहायक प्राध्यानाध्यापक कटक बहादुर सिँहले चैतन्य पाठशाला स्थापना भैसकेपछि संस्कारसहितको शिक्षाको समग्र क्षेत्रलगायत खेलकुद र बिद्याथीहरुको चौर्तफि ब्यक्तीत्व बिकास गर्ने उदेश्यले बिद्यार्थीको माग बमोजिम बिद्यालयमा तेक्वान्दो दोजाङ्गको ब्यवस्था गरेको बताए ।No description available.

तेक्वान्दो दोजाङ्ग भनेको प्रशिक्षण एकडेमी हो । चैतन्य पाठशालाले एकडेमी स्थापना गरेको पाठशालाका सहायक प्राध्यानाध्यापक सिँहले बताए। प्रशिक्षण एकडेमीबाट उत्पादन भएका बिद्यार्थीहरु र धनगढीका बिभिन्न माध्यमिक बिद्यालयमा रहेका तेक्वान्दो खेलाडीलाई सहभागी गराएर यो कम्पीटिसन आयोजना गरिएको बताए ।यो लामो समयपछि निजी क्षेत्रबाट भएको प्रतियोगितामा ४२ बिद्यालयका छात्र छात्रा गरी बिभिन्न तौल समुहका करिब १७० तेक्वान्दो खेलाडीले सहभागीता जनाएको उनले बताए। १३ राष्ट्रपति रनिङ सिल्डको रजत पदक विजय भुबनेश्वर सार्कीलाई नगद ५ हजारसहित ट्रफि बितरण गरिएको बताए।No description available.

दोजाङका प्रमुख, प्रशिक्षकहरु, निर्णायकहरुको उपस्थिति रहेको छ । प्रथम द्धितीय र तृतियलाई ट्रफि,मेडलसहित पुरस्कारको ब्यवस्था गरिएको जनाइएको छ । बेष्ट रेर्फि फाईटर अवार्ड, बेष्ट रनर अफ र बेष्ट खेलाडीलाई ट्रफि,मेडल भोली बितरण गरिने जनाइएको छ ।कार्यक्रममा प्रमुख अतिथी तथा अतिथीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको छ ।

बिशिष्ट अतिथीमा कैलाली जिल्ला तेक्वान्दो कार्य समिती अध्यक्ष बुद्धि खड्का, अतिथीमा पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी कैलाली जिल्ला पूर्व अध्यक्ष प्रकाश कुमार चन्द,सुदुरपश्चिम खेलकुद परिषद सदस्य सञ्चिता चौधरी, वडा नम्बर ४का सदस्य भागिराम चौधरी, लगायत तेक्वान्दो प्रशिक्षक देवराज चौधरी, सुदुरपश्चिम तेक्वान्दो संघ सचिव श्रीराम चौधरी, कैलाली जिल्ला सहसचिव धन बहादुर चौधरी, दोजाङ्ग प्रशिक्षक रमेश छेडाल, लगायत बिद्यार्थीहरुको उपस्थीती रहेको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap