धनगढीमा रहेको चैतन्य पाठशालाले मनायो २३ औँ बार्षिकोत्सव,बिभिन्न ब्यक्तीत्वलाई सम्मान


लेखक : सुन्दराञ्चल      फाल्गुन २९, २०८० मा प्रकाशित     
धनगढीमा रहेको चैतन्य पाठशालाले मनायो २३ औँ बार्षिकोत्सव,बिभिन्न ब्यक्तीत्वलाई सम्मान

महादेव गिरी संवाददाता

धनगढी फाल्गुन २९, धनगढी वडा नम्बर(५ शिवनगरमा रहेको चैतन्य पाठशालाले २३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। शिक्षा र संस्कारको संगमको नारा लिएर अघि बढीरहेको पाठशालाले सोमबार बिभिन्न ब्यक्तीत्वहरुको उपस्थीतीमा भव्यताका साथ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।
बार्षिकोत्सवको स्वागत मन्तव्य ब्यक्त गर्दै चैतन्य पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहँले पूर्वीय ज्ञानपरम्परासँगै विश्वमा स्थापित वैज्ञानिक, प्राविधिक र सैद्धान्तिक ज्ञानको सम्यक सिकाइमा बिद्यालय अघि बढीरहेको बताए। बर्तमान समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै भबिश्यका कर्णधारका रुपमा चिनीएका स साना बालबालीकालाई जिवन उपयोगी सिप ज्ञान र क्षमताका कुरालाई जोड दिएको बताए। स(साना बालबालीकालाई बिद्यालय तह देखी शिक्षा प्रदानसँगै बिभिन्न अतिरिक्त कृयाकलापमा सहभागीता गराई उनीहरुको स्तर बृद्र्धि गर्न बिद्यालयले जोड दिदै आएको उनको भनाई छ ।

जस अनुसार बिद्यालयले बर्षभरी ६५ वटा बढी रचनात्मक कार्यक्रम तथा अतिरिक्त कृयाकलाप गरेको जानकारी दिएका छन् । समाजमा बिभिन्न क्षेत्रबाट योगदान पुर्याएका ब्यक्तीत्वलाई बिद्यालयमै बोलाएर बिद्यार्थी तथा अभिभावक संग चैतन्य संवाद निरन्तर सञ्चालन गर्दै आएको बताए। यस्तै साहित्य, कला, खेल तथा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै बिभिन्न ब्यक्तीत्वलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा चैतन्य साहित्य साधना पुरस्कार २०८० बाट साहित्यकार यज्ञराज यात्रीलाई नगद रु २५ हजारसहित सम्मान गरिएको छ।

चैतन्य खेल साधना पुरस्कार २०८० बाट तेक्वान्दो प्रशिक्षक शेर बहादुर सिंहलाई नगद रु २५ हजारसहित सम्मान,चैतन्य कला साधना पुरस्कार २०८० बाट डेउडा गायिका डिक्रा देवी गाइनेलाई रु १० हजार नगद,सम्मानपत्र दोसल्ला सहीत सम्मान गरिएको प्राधानाध्यापक कटक बहादुर सिँहले जानकारी दिए । यस्तै विद्यालय संस्थापक प्रिन्सिपल उदय प्रताप सिंहलाई दीर्घ शिक्षा साधना सम्मान रु २२ हजार सहीत सम्मान गरिएको छ। चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बिद्यालय तह देखी नै विद्यार्थीहरुलाई शिक्षा संस्कारको संगम पूर्वीय दर्शनमा आधारित शिक्षण पद्धति जीवन उपयोगी शिक्षा र अहिलेको विश्व व्यापी शिक्षा विकसित वैज्ञानिक विकास र अनुभव अन्वेषणलाई जोडेर असल र जिम्मेवार विद्यार्थीको निर्माणमा जुटेको बताए।

विद्यार्थी काल देखी नै उसको असल र चरित्र वान व्यक्ति बनाउने उद्देश्य रहेको बताए । बालबालीकालाई पाठ्यपुस्तक बाहेक ब्यवहारिक ज्ञान दिन आवश्यक रहेकोभन्दै बिद्यार्थीको रुचि र भबिस्यमा गरीखान सक्ने शिक्षालाई आत्मसाथ प्रदान गरिएको जानकारी दिए। बिद्यार्थीलाई शिक्षासँगै कला र संस्कृतिको मूल्य मान्यता बिद्यार्थीहरुमा जागृति गराउने र दक्ष, क्षमतावान, अब्बल विद्यार्थी उत्पादन गर्ने उद्देश्य चैतन्य पाठशालाको रहेको उनको भनाई छ । २३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा प्रमुख अतिथी साहित्यकार,महाकाव्यकार तथा मदन पुरस्कार बिजेता डा नवराज लम्सालले विद्यालयले पाठ्यपुस्तकमा मात्रै सीमित नराखेर र ज्ञान सिप र कला संस्कृति र पहिचानलाई दैनिक व्यवहारमा लागु गराउन र पूर्वीय दर्शनको मान्यतालाई आधार गर्दै त्यसभित्र महान् कुरालाई आत्मसाथ गराएको भन्दै सुखी ब्यक्त गरेका छन् ।

ज्ञान, सिप, कलासँगै ब्यक्तित्व बिकासका लागी संस्कार नभएमा शिक्षाको मान्यता नहुने उनको भनाई छ । चैतन्यले पुरस्कार एवम् समाजिक उत्तरदायित्व सम्बन्धि बिभिन्न कार्यहरु गरिएको जनाएको छ । २३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा बर्षभरी बिभिन्न बिद्यामा उत्कृष्ठ हुने बिद्यार्थीलाई सम्मान, पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै शिक्षक, शिक्षीका, अभिभावक,पत्रकार तथा समाजमा बिभिन्न क्षेत्रमा योगदान पुर्याउने बिभिन्न ब्यक्तीत्वलाई समेत सम्मान गरिएको छ ।चैतन्य ग्रुप अफ कम्पनी अन्तरगत बिभिन्न समाजिक उवम् सकारात्मक कार्यको थालनी, चैतन्य भासकीय सुधार एवम सुशासन प्रर्वधन पुरस्कार रु १ लाख, पहिलो व्यक्ति रुपमा पुर्व मुख्यसचिव डा। विमल कोइराला प्रदानलाई प्रदान गरेको छ। त्यस्तै २०८० असोज १७ गते जागरकोेटमा गएको भुकम्प पीडीतका लागी प्रधानमन्त्री दैवीप्रकोप उद्वारको कोष मार्फत १ लाख सहयोग गरिएको छ । समाजका विभिन्न क्षेत्रमा क्रियाशील, एवंम अनुकरणीय एबम उत्प्रेरणदायी व्यक्तित्वलाई सम्मान एवम पुरस्कारको व्यवस्था गरिएको थियो।

जसमा चैतन्य शिक्षा साधना सम्मान रु २५ हजार रहेको थियो । चैतन्य साहित्य साधना सम्मानबाट रु २५ हजार प्रा।डा। हेमराज पन्तलाई २०७९ सालमा प्रदान गरिएको थियो । चैतन्य खेल साधना सम्मान रु २५ हजार र चैतन्य कला साधना पुरस्कार १० हजार रहेको छ । त्यसैगरि दृष्टि फाउन्डेसन धनगढीलाई सहयोग स्वरुप फर्निचर तथा विद्यालयमा फाउन्डेसनको स्वामित्व हुनेगरी सहयोग दान पेटीका स्थापना गरिएको छ । जसबाट बालबालिकामा सहयोग तथा परोपकारी भावना विकास गर्न मदत मिल्ने बिद्यालयले जनाएको छ ।

धनगढी वडा नम्बर ७ शिव माद्यमिक बिद्यालयलाई रु ४० हजारको फर्निचर हस्तान्तरण गरिएको छ।सामुदायिक विद्यालय संगको सिकाई एवं साझेदारी कार्य अन्तरर्गत बिद्यालयले धनगढी बडा नम्बर १९ मा रहेको जनप्रिय आधारभूत विद्यालयलाई रु १ लाखको र प्रोजेक्टर प्रदान गर्ने जनाएको छ। यस्तै गोदावरी नगरपालीका बडा नम्बर ६ को शैलेश्वरी माबिलाई पनि रु १ लाखकोर प्रोजेक्टर वार्षिक उत्सवका अवसरमा कार्यक्रममा प्रदान गरिएको छ। चैतन्यका ११ वटा विभाग तथा क्लवहरु रहेका छन्।शैक्षिक सत्र २०८०मा बिद्यालयद्धारा आयोजना गरिएका ६५ वटा बिभिन्न महत्वपुर्ण कार्यक्रम, सहभागीता र अतिरिक्त क्रियाकलापहरु गरिएका छन् जस अनुसार माता तीर्थ औँशी कार्यक्रममा बिद्यार्थीका आमाहरुलाई सम्मान एवम् मायाको चिनो, कथा लेखन, चैतन्य संवाद, ध्यान प्रवचन, खेलकुदका कार्यक्रम, दृष्टि फाउन्डेसनलाई खाद्यान्न बितरण, मन्दिर तथा समुदाय सरसफाई, रक्तदातालाई सम्मान, बालसिकाई रणनिती, शिक्षक तथा अभिभावक अभिमुखीकरण, गजल प्रशिक्षण,शिक्षक तालिम, कला संस्कृती उत्सव, अन्तर बिद्यालय निबन्ध प्रतियोगिता, बालसाहित्य सम्मेलन, चैतन्य आर्दश उत्प्रेरणा कार्यक्रम, चैतन्य स्ट्रीम वर्कसप लगायतका कार्यक्रम गरिएका छन् । चैतन्य पाठशाला २०५८ सालमा स्थापना भएको थियो।

चैतन्य पाठशालाको सञ्चालक समिती अध्यक्ष गणेश प्रसाद जोशीको नेतृत्वमा ९ जनाको कार्यसमिती, प्राध्यापक डाक्टर हेमराज पन्तको प्रमुख सल्लाहकारमा ५ जनाको कार्यसमिती, वर्तमान शिक्षक अभिभावक अध्यक्ष ईश्वर गिरीको नेतृत्वमा ९ जनाको कार्यसमिती र प्रधानाध्यापक कटक बहादुर सिंहको कार्यसमितीमा ४८ जनाको कार्यकारी समिती छ । यस्तै चैतन्य रिर्सच एण्ड ट्रेनिङ सेन्टर,पतञ्जली योग केन्द्र, तेक्वान्दो डोजाङ्ग र चैतन्य स्पोर्टस एकेडेमी गरी ४ वटा भगिनी संस्था रहेको पाठशालाले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap