धनगढीमा जारी‘सिसिएस प्लस टु’ कपको उपाधी आयोजकलाई


लेखक : सुन्दराञ्चल      माघ २३, २०८० मा प्रकाशित     
धनगढीमा जारी‘सिसिएस प्लस टु’ कपको उपाधी आयोजकलाई

माघ २३,‘सिसिएस प्लस टु’ कपको उपाधी आयोजकलाई धनगढीमा जारी ‘सिसिएस प्लस टु’ अन्तर बिद्यालय स्तरिय फुटवल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । मंगलबार धनगढी रगंशालामा भएको फाइनल खेलमा अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुललाई पराजित गर्दै आयोजक ‘सिसिएस प्लस टु’ को बी टिम प्रतियोगिताको बिजेता बनेको हो । होलिल्याण्ड सेकेन्ड्री स्कुल लाई पेनाल्टीमा हराउँदै आयोजक प्रतियोगिताको बिजेता बनेको हो ।

प्रतियोगिताको निर्धारित समयमा दुइटै टिमले गोल गर्न नसकेपछि फाइनल खेल पेनाल्टीमा गएको हो । पेनाल्टीमा आयोजक ‘सिसिएस प्लस टु’ बी ले होलिल्याण्ड सेकेन्ड्री स्कुललाई ४–३ गोल अन्तरले पराजित गर्न सफल भयो । यस संगै प्रतियोगिताको उपाधी जित्न सफल आयोजक ‘सिसिएस प्लस टु’ बी ले ६५ हजार नगद सहित ट्रफी, मेडल प्राप्त गरेको छ भने, उप बिजेतामा चित्त बुझाएको होलिल्याण्ड सेकेन्ड्री स्कुल अत्तरियाले ३५ हजार नगद सहित ट्रफी, मेडल सहित प्रमाणपत्र पाएको छ । ‘सिसिएस प्लस टु’ का सन्दिप सिहं खडायत प्रतियोगिताको उत्कृष्ट खेलाडी बने ।

 

Open photo

आयोजक ‘सिसिएस प्लस टु’ का कप्तान समेत रहेका खडायतले नगद ३ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै ‘सिसिएस प्लस टु’ कै बिवेक बोगटी प्रतियोगिताको उत्कृष्ट गोलकर्ता बने । उनले नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक होलिल्याण्डका ओम बि.क बने ।

उनले नगद २ हजार ५ सय तथा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको बिजेता तथा उप बिजेता टिमहरुलाई नेपाल वेस्टर्न म्यानेज्मेन्ट कलेजका प्रबन्ध निर्देशक शैलेस कुमार सिहं, ‘सिसिएस प्लस टु’ का प्रिन्सिपल तिर्थ फुलारा लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितालाई धनगढी स्थित दाहाल पुस्तक पसलले मुख्य प्रायोजन गरेको थियो भने, नेपाल वेस्टर्न म्यानेज्मेन्ट कलेज तथा सौभाग्य हस्पिटलले प्रायोजन गरेको थियो । १६ बिद्यालय सहभागी प्रतियोगितामा ९ देखी १२ कक्षासम्म अध्यायनरत बिद्यार्थीहरुको सहभागिता थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap