धनगढीमा आजदेखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुँदै


लेखक : सुन्दराञ्चल      माघ ४, २०८० मा प्रकाशित     
धनगढीमा आजदेखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुँदै

माघ ४,धनगढी  धनगढी उपमहानगरपालिका स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता भोली बिहिबारदेखि संचालन हुनेभएको छ । बुधबार धनगढी उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सुरु हुने जानकारी गराएको हो ।
५ दिनसम्म संचालन हुने प्रतियोगितामा धनगढी उपमहानगरपालिका भित्रका २५ सामुदायिक र १२ संस्थागत गरि ३७ वटा विद्यालयको सहभागीता रहने धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले जानकारी दिइन् ।

प्रतियोगितामा विभिन्न खेलमा गरि सामुदायिक विद्यालयका १२३७ र संस्थागत विद्यालयका २५५ गरि १४९२ खेलाडी सहभागि हुने रानाले जानकारी दिइन् ।
हरेक बर्ष गरिने विद्यालयस्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा ६ वटा विधामा ५२ वटा इभेन्ट खेलाइने छ । प्रतियोगितामा छात्रा र छात्र तर्फका भलिबल, कबड्डी,दौड, हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटपट, मार्सल आर्ट, तेक्वान्दो, उसु जस्ता खेलहरु खेलाइने जनाइएको छ ।

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि उपमहानगरपालिकाबाट आन्तरिक तर्फ ८ लाख र संघीय ससर्त अनुदान तर्फ १ लाख गरी नौ लाख बजेट बिनियोजित गरिएको छ । प्रतियोगिताको आज ११ बजे धनगढीको कभर्डहलमा उद्घाटन गर्ने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap