महादेव गिरी धनगढी पुष १४ ,कैलालीको धनगढीमा अपाङ्गताको अधिकारको लागि युवा वकालत तथा सो सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । आईतबार
फिडल्याण्ड र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश एस. पि. एस. कोर टिमद्धारा एक दिने अपाङ्गताको अधिकारको लागि युवा वकालत सम्बन्धि २२५० छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि माननीय हिरा सार्कीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश प्रमुख आयुक्त नरेन्द्र थापा, धनगढी उपमहानगरपालिकाका नगर उपप्रमुख तथा स्थानिय प्रमुख स्काउट कन्दकला राना विशिष्ट रहेकी थिइन् । कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा न।१, ५ र १८ का वडा अध्यक्ष सन्तोष मुडभरि, गजेन्द्र शाही, भुवन रिजाल उपस्थीती रहेको थियो।
यस्तै, नेपाल स्काउट सुदूरपश्चिम कार्यकारी सदस्य शान्ति चन्द पाल,प्रेमा जोशी, बिनोद बोहरा, तोयराज जोशी, अपाङ्ग महासंघ कैलाली अध्यक्ष मान बहादुर साउद, माननीय आन्तरिक मामिला तथा कानुन मन्त्रिमा स्वकीय सचिव केशव चन्द, प्रदेश अधिकृत हेमराज जोशी, प्रदेश सहायक राजेन्द्र बानियाँ लगायत विभिन्न स्काउट ट्रुपमा आबद्ध स्काउटहरु, अन्य क्याम्पस तथा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल स्काउट सुदूरपश्चिम प्रदेश कार्यकारी सदस्य भिमराज अम्मैले गर्नु भएको थियोे । 
