धनगढीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला


लेखक : सुन्दराञ्चल      फाल्गुन २३, २०७८ मा प्रकाशित     
धनगढीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला

कैलाली,२३ फागुन। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को जाँई–शिवनगर एक युवकको शव फेला परेको छ । सोमबार बिहान जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को जाँई–शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको हो ।

शव उक्त सडकखण्डको नालीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

शवमा चोटपटक लागेको अवस्थामा फेला परेकाले हत्याको आशंका गरिएको छ । अहिले हत्या आशंकामा कुकुरको प्रयोग गरिरहेको र थप विवरण अनुसन्धानपछि खुल्ने जिल्ला प्रहरी कार्यालय कैलालीका नायब उपरीक्षक जोशीले जानकारी दिए। मृतकको सनाखत भने भएको छैन।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap