धनगढीको हिल वर्ल्डको स्कुलको २० औँ वार्षिकोत्सव,सम्पन्न


लेखक : सुन्दराञ्चल      फाल्गुन १२, २०८१ मा प्रकाशित     
धनगढीको हिल वर्ल्डको स्कुलको २० औँ वार्षिकोत्सव,सम्पन्न

धनगढी :१२ फागुन  कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको हिल वर्ल्ड ईङ्गलिसबोर्डिङ हाई स्कुलको २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । स्कुलले आइतबार एक समारोहका बीच आफनो २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर बम रहेका थिए । उनले नीजि विद्यालयहरुले शैैक्षिक क्षेत्रमा उल्लेखीय भूमिका खेलेको बताए । नीजि विद्यालयकै कारण सरकारलाई सहज र सरल रुपले सरकार सञ्चालन भएको उनले बताए । शिक्षा क्षेत्रलाई केही परिर्वतन गर्नुपर्नेमा उनले जोड दिए । वार्षिकोत्सवको अवसरमा विद्यालयले धनगढीको दृष्टि फाउण्डेशनलाई आर्थिक सहयोग सहित सम्मान गरेको छ ।

२० हजार नगद सहित विद्यालयले सम्मान गरेको हो । यस्तै विद्यालयले समाजमा विभिन्न क्षेत्रबाट योग्दान पु¥याउने अन्य विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेहरुमा पच्चोदय माध्यमिक विद्यालयका पूर्व प्रधानध्यापक यादव प्रसाद जोशी, सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशी, नेपाल पत्रकार महासंघ कैलाली शाखाका निर्वतमान अध्यक्ष हिमालय जोशी, महासंघका अध्यक्ष श्रवण देउवा, लक्ष्मी कुमारी बोगटी, कल्पना काफले, छत्रबहादुर बम, नरबहादुर चौधरी, मणिकान्द्र मिश्र, तपेन्द्र भूल, नवराज पन्त, देवीप्रसाद जोशी, तिलराम चौधरी, ललिता शाही, रामदिन चौधरी र जान अलामलाई सम्मान गरेको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष सन्तोष मुडभरी, ऐश्वर्य बहुमुखी क्यापसका क्यापस प्रमुख धर्मदेव भट्ट, पच्चोदय माध्यमिक विद्यालयका पूर्व प्रधानध्यापक यादव प्रसाद जोशीलगायतले मन्तव्य राखेका थिए । विद्यालयका विद्यालयका संस्थापक प्रिन्सिपल डिआर शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर बमको अध्यक्षत्यतामा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको थियो ।
विद्यालयकी विद्यार्थी सरस्वती बन्दनाले स्वागत मन्तव्य राखेकी थिइन् । भने कार्यक्रम सञ्चालन विद्यालयका पूर्व शिक्षक शिवराज जोशीले गरेका थिए ।

No description available.No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap