धनगढीको फाप्ला क्रिकेट मैदानमा जय नेपाल कप २०८० हुने


लेखक : सुन्दराञ्चल      माघ २०, २०८० मा प्रकाशित     
धनगढीको फाप्ला क्रिकेट मैदानमा जय नेपाल कप २०८० हुने

माघ २०,धनगढीको फाप्ला क्रिकेट मैदानमा जय नेपाल कप २०८० अन्तर क्याम्पस प्रदेश स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नेपाल विद्यार्थी संघ कैलालीको आयोजना र शिवपुरी युवा क्लबको प्राविधिक व्यवस्थापनमा फागुन २८ गतेदेखि प्रतियोगिता हुने एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

 

प्रतियोगिता निर्देशक समुयल न्यौपानेले फाप्ला क्रिकेट मैदान निर्माणमा दबाब दिन र युवाहरुमा क्रिकेटप्रतिको आकर्षण बढाउन प्रतियोगिता गरिन लागेको बताए । उनका अनुसार स्नातक र स्नाकोत्तर तहका क्याम्पसहरुले प्रतियोगितामा भाग लग्न सक्ने छन् ।

२० ओभरमा खेलाइने खेल नकआउट प्रणालीमा सञ्चालन हुने उनको भनाई छ । प्रत्येक टिममा १६ खेलाडी र दुई अफिसियल हुनुपर्ने तथा प्रत्येक क्याम्पसले चार जना खेलाडी अनिवार्य रुपमा क्याम्पस बाहिरको हाल्नुपर्ने उनले बताए । प्रतियोगितामा सहभागि हुनका लागि प्रवेश शूल्क २५ हजार कायम गरिएको छ भने बाहिरबाट आएको टीमले खान बस्नको व्यवस्था स्वयमले गर्नुपर्ने सर्त राखिएको छ ।

सो प्रतियोगितामा विजेताले तीन लाख र उपविजेताले एक लाख नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार, उत्कृष्ट बलर र ब्याटरले जनही पन्ध्र हजार, उदयमान खेलाडीले नगद दश हजार र म्यान अफ द म्याचले जनही दुई हजार एवं ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामार्फत पहिलो पटक नेविसंघले खेलमैदान निर्माण गराउन दबाब अभियान शुरु गर्न लागेको अध्यक्ष मनिस कुँवरले बताए । उनले प्रतियोगिताको तयारी शुरु भएको र विभिन्न समितिमा संयोजकहरु चयन भएको बताए । क्रिकेट एशोसियसन नेपालका सदस्य धिरेन्द्र साउदले प्रतियोगितालाई सफल पार्न क्यानको पूर्ण साथ र सहयोग रहने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap