धनगढी पुष ५, सुदूपश्चिमको मौलिक प्रर्भ भुवा धनगढीको खुला मञ्चमा मनाइने भएको छ । भुवा प्रर्भ बाजुरेली सेवा समाजले धनगढीको खुलामञ्चमा तिन ८,९,१० गते सम्म मनाइने बाजुरेली समाजका अध्यक्ष चेतबहादुर थापाले बताए । बाजुरेलीको आयोजनामा पुस ८ , ९, १०, गतेदेखि तिन दिन सम्म भुवा पर्व मनाइने छ ।
यो प्रर्व सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा भव्य रूपमा मनाइने गरिन्छ । बाजुरेली सेवा समाजले धनगढीको खुल्ला मञ्चमा आयोजना गर्न लागेको भुवा पर्वमा विहानै मुढा जलाएर सुरुवात गरिनेछ ।
शुक्रबार बिहान ११ बजे सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको बाजुरेली समाजका अध्यक्ष चेतबहादुर थापाले बताए । बाजुरा पुर्खौली घर भएकाहरूले धनगढीमा भुवा पर्वको आयोजना गर्न लागेको र त्यसलाई मध्यनजर गर्दै मौलिक पर्वलाई निरन्तरता दिने उद्देश्य रहेको बाजुरा सेवा समाजका अध्यक्ष थापाले बताए ।