धनगढी भदौ १३ , धनगढी उपमहानगरपालिका हसनपुरमा रहेको सैपाल थकालि खाना घरमा अब एक सय रुपैयाँमा खाना पाइने भएको छ । धनगढीको कर्बडल चोकमा अपि सैपाल थकाली खाना घर एण्ड क्याफेले एक सय रुपैयाँमा खाना खुवाउने भएको हो ।
मानिहरुको जिवन ईस्तर र उनिहरुको भावना लाइ बुझेर आज उद्घाटन गर्दै शाकाहारी खाना खुवाउने व्यवस्था मिलाएको छ । सैपाल थकालि खाना घरसँगै क्याफेको उद्घाटन सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले गरेका हुन् । भने
सञ्चालक रामबहादुर बोहराले खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिडो पनि उपलब्ध रहेको बताए ।
बझाङको बुङ्गल नगरपालिका घर भएका खाना घर तथा क्याफे सञ्चालक बोहराले झण्डै ७० लाखको लगानीमा खाना घर र क्याफे सञ्चालनमा ल्याएको बताए । खाना घर एण्ड क्याफेमा रेष्टुरेन्ट, क्याबिन र दुईवटा डाइनिङ हल रहेका छन् ।