महादेव गिरी संवाददाता
धनगढी पुष २७, धनगढी शिवनगर ५ मा रहेको चैतन्य पाठशाला स्कुलले माघी मिलन २०८० एक कार्यक्रम मनाएको छ । शिक्षासँगै संस्कारलाई प्राथमिकता दिदै आएको चैतन्य पाठशालाले आज शुक्रवार माघी मिलनको अवसर पारि एक कार्यक्रम गरी मनाएकोे हो । कार्यक्रममा बिभिन्न नाच गान बिद्यार्थीहरुले प्रस्तुत गरिनुका साथै ,कार्यक्रममा बिभिन्न नाच गान बिद्यार्थीहरुले प्रस्तुत गरिनुका साथै ,चौधरी जातीले बिशेष माघी मान्ने भएकाले यसलाई जोग्रेना गर्ने उद्येश्यले माघी मिलन कार्यक्रम गरिएको बिद्यालयले जनाएको छ । चौधरी जातीले बिशेष माघी मान्ने भएकाले यसलाई जोग्रेना गर्ने उद्येश्यले यो माघी मिलन कार्यक्रम गरेको हो ।
सुदुरपश्चिमको मौलिक खानाका परिकार पाठशालाले प्रर्दशनी गरेको थियो । भने कार्यक्रमको स्वागत मन्तब्य ब्यक्त गर्दै चैतन्य पाठशालाका साहयक प्रधानाध्यापक कटक बहादुर सिहँले कला र सभ्यता सँगै संस्कृती जोगाउने गर्ने हाम्रो पहिलो उदेश्य रहेको बताए ।
शिक्षासँगै कला र संस्कृतीको मुल्य मान्यता बिद्यार्थीहरुमा जागृती गराउने र दक्ष, क्षमतावान, अब्बल बिद्यार्थी उत्पादन गर्ने उदेश्य चैतन्य पाठपाशालाको रहेको बताउँदै माघी मिलनको पर्वको शुभकामना दिए । उनले शिक्षा र संस्कारकै कारण अहिले संस्कृतीको बिकास भैरहेको बताउँदै शिक्षाले संस्कार र संस्कारले शिक्षालाई जोड्ने पुलको काम गरेको बताए ।त्सस्तै चैतन्य पाठशालकाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी चैतन्य पाठशालाका प्रमुख सल्लाकार चैतन्य ईन्सिच्चुट रिसर्च एण्ड डेभलपमेन्ट अध्यक्ष डा. हेमराज पन्त रहेका थिए ।
प्रमुख अतिथि डा.पन्तले कला सस्कृतिलाई हामी सबैले जोग्रेर्ना गर्नुपर्ने बताएका थिए । उनले हाम्रो सुदुरपश्चिमको पहिचान, कला सस्कृतिलाई हामीले भुल्न नहुने भन्दै भोलिको पुस्ताले संस्कृतीबारे हामीले जोग्रेना गरेन भने भोली आउने पुस्तााले थाहा समेत नपाउने बताए । त्यस्का लागी संस्कृतीलाई बचाउन हामीले आ आफ्नो तर्फबाट लाग्नुपर्ने जोड दिन आग्रह गरे। यसमा आफूबाट हुने कुनै पनी सयोगि हातहरु सधै अगाडी बढाई रहन जहिले पनि आफू तयार रहेको बताए ।
पाठशालकाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी चैतन्य पाठशालाका प्रमुख सल्लाकार चैतन्य ईन्सिच्चुट रिसर्च एण्ड डेभलपमेन्ट अध्यक्ष डा. हेमराज पन्त रहेका थिए । भने बिशिष्ट अतिथि धनगढी उपमहानरपालिका वडा ५ का वडा अध्यक्ष गजेन्द्र बहादुर शाही ,धनगढी उपमहानगरपालिका वडा न.६ का वडा अध्यक्ष भागीराम चौधरी,वडा न.७ का वडा अध्यक्ष मोतीलाल राना,वडा न ८ का वडा अध्यक्ष जगुराम चौधरी, चैतन्य पाठशालाका पिटी ए ,अध्यक्ष ईश्वर गिरी रहेका थिए । कार्यक्रमा अभिभावक,चैतन्य पाठशालाका प्रिन्सीपल अशोक राज खाती बिद्यालयका शिक्षक तथा शिक्षीका, बिद्यार्थीहरुको सहभागीता रहेको थियो । भने कार्यक्रमको सञ्चालन शिक्षीका हेमा जोशीले गर्नु भएको थियो ।

