धनगढी बसपार्कमा बिभिन्न सेवा सुविधाका साथ बाजुरा होटल सञ्चालनमा


लेखक : सुन्दराञ्चल      मंसिर ६, २०८० मा प्रकाशित     
धनगढी बसपार्कमा बिभिन्न सेवा सुविधाका साथ बाजुरा होटल सञ्चालनमा

महादेव गिरी संवाददाता

 धनगढी मंसिर ६,धनगढी उपमहानगरपालिका ४ बसपार्कमा बाजुरा होटल सञ्चालनमा आएको छ । होटल को उद्घाटन होटल व्यवसाय संघ कैलालीका अध्यक्ष केशब पाण्डेले गर्नु भएको थियो । बाजुरामा उत्पादन भएका आलु , कोदाको परिकार ,फाँपर, मकैको परिकार ,खानाहरु पाइनुका साथै बाजुरामा पाईने अर्गानिक बस्तु पाईने भएको छ ।

मानिहरुको जिवन ईस्तर र उनिहरुको भावना लाइ बुझेर आज उद्घाटन गर्दै शाकाहारी खाना सहित लोकल कुखुराको सुप लगायत खाना खुवाउने व्यवस्था मिलाएको होटलका मालिक लीला जोसीले बताए । होटल
सञ्चालक लीली जोसीले आफूले पहिला पनि होटल व्यवसाय गदै आएकाले आफूलाई यो काम गर्न सजिलो भएको बताए । बाजुरा होटलमा स्पेसल ताजा खाना संगै बाजुरामा पाइने, कोदो र मकैको रोटी, कोदोको ढिडो ,फाँपर,लेकाली भेगमा पाएने टिमुर,पनि उपलब्ध रहेको होटल सञ्चालक लीला जोसीले बताए ।

बाजुरा बुढीगंगा नगरपालिका घर भएका बाजुरा होटल सञ्चालक जोसीले झण्डै २ करोड ३५ लाखको लगानीमा बाजुरा होटल सञ्चालनमा ल्याएको बताए । अहिले उक्त होटलमा तिन जना कर्मचारी रहेको होटल सञ्चालक जोसीले बताए । अहिले समयमा हरेक युवाहरु दिनउ दिन बिदेश पालाएन भइराखेका छन् तर तपाइले यो व्यवसाय किन र केका लागि भनेर सञ्चारकमीको प्रश्नमा जोसीले हामीले अरुलाई मात्र दोश नदिएर आफै मालिक, आफै, उद्येमी, आगामी दिनमा पनि आफ्नै देशमा कही काम गरेर आफ्नै देशमा काम गर्दाको फाईदा अर्काको देशमा नभएको आफ्नै समाजमा आफ्नै देशमा आ आफ्नो जुन काम छ इमान्दारी रुपमा काम गरेमा पकै पनि हाम्रो समाज, परिवार सिगै देश बन्ने बाजुरा होटल सञ्चालक लिला जोसीले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap