धनगढी बजारस्थित एलएन चोकमा आगलागीबाट धनगढीमा १८ करोडको क्षति


लेखक : सुन्दराञ्चल      मंसिर ३, २०८० मा प्रकाशित     
धनगढी बजारस्थित एलएन चोकमा आगलागीबाट धनगढीमा १८ करोडको क्षति

 मंसिर ३: कैलालीको धनगढी बजारस्थित एलएन चोकको एक जुत्ता–चप्पल पसलबाट सल्केको आगोले झन्डै १८ करोडबराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार मध्यराति भण्डारी सुज सेन्टरबाट सुरु भएको आगलागीबाट अस्पतालसहितका पसलमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी सुज सेन्टरमा एक्कासी विद्युत् सर्ट भई आगो लाग्दा सँगै रहेका सारथि अस्पताल, गरिमा पोलिक्लिनिकसहितका पसलमा आगलागी भएको जानकारी दिए ।

भण्डारी जनरल स्टोर एन्ड सु सेन्टर, टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमाला देवी सप (बेबी सपको गोदाम), वासुदेव भट्टले सञ्चालन गरेको भट्ट सपिङ सेन्टर (ब्याग हाउस), जगतबहादुर बलायरले सञ्चालन गरेको सुभिक्षादेवी सपिङ सेन्टर, यशोदा साउदले सञ्चालन गरेको न्यु सदीक्षा इन्टरप्राइजेज, गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु सेन्टर, सारथि अस्पताल र जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एन्ड सप्लायर्समा आगजनी भएको छ । आगो शनिबार बिहानीपख नियन्त्रणमा आएको चन्दले बताए । धनगढी, गोदाबरी, पुनर्वाससहितका पालिकाबाट दमकल ल्याई आगो निभाइएको थियो ।

कैलाली प्रहरी प्रवक्ता चन्दले आगलागीपीडितले दिएको विवरणअनुसार झन्डै १७ करोड ९७ लाख रुपैयाँबराबरको धनमाल क्षति भएको जानकारी दिए । भण्डारी सुज सेन्टरको ५० लाख, सारथि अस्पताल प्रालिको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कलेक्सनको ६० लाख, सुभिक्षा बेबी सपको ९० लाख, खाद्य गोदामको चार करोड, सदीक्षा इन्टरप्राइजेजको एक करोड २० लाख, भट्ट सप्लायर्सको ७० लाखबराबरको भौतिक संरचनामा क्षति भएको उनको भनाइ छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap