धनगढी पुगेका डा महाविर पुनलाई चैतन्यले गर्‍यो सम्मान


लेखक : सुन्दराञ्चल      माघ २६, २०८० मा प्रकाशित     
धनगढी पुगेका डा महाविर पुनलाई चैतन्यले गर्‍यो सम्मान

महादेव गिरी संवाददाता
धनगढी माघ २६, इलामबाट मध्य पहाडी राजमार्ग हुँदै बैतडीबाट महेन्द्रनगर आईपुगेका डाक्टर महावीर पुन आज धनगढीको चैतन्य पाठशालामा आइपुगेका छन्। सुदूरपश्चिमका बिभिन्न जिल्लामा पुगेका डा पुन कञ्चनपुरका विभिन्न क्षेत्रमा किताब बिक्री गरेर पुन आज शुक्रबार धनगढीको चैतन्य पाठशालामा आईपुगेका हुन्।

मध्य पहाडी राजमार्ग हुँदै बैतडीबाट महेन्द्रनगर हुदै धनगढी आएका डाक्टर पुन आफूले लेखेको पुस्तक ’महावीर पुन’को बिक्रीका लागि देश दौडाहामा छन्। यस्तै सामाजिक अभियन्ता, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, व्यक्तित्व डाक्टर पुनसँगको मिलन चैतन्य पाठशालामा विद्यार्थीहरुमाझ आज भएको छ ।

सो अबसरमा धनगढीमा रहेको चैतन्य पाठशालाले एक कार्यक्रमको आयोजना गरी डा. पुनद्वारा लिखित १०५ पुस्तक खरिद गरि वहाँको महाअभियानमा सानो साझेदारी गर्न पाउँदा चैतन्य पाठशाला परिवार लाई खुसी  लागेको विद्यालयका अध्यक्ष गणेश प्रसाद जोशी बताए । सामाजिक अभियन्ता, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक आत्माकथा आधारित पुस्तक बिक्रीबाट आउने रकम बिरगंजमा रहेको कृषि कारखानालाई सहयोग गर्ने घोषणा गरेका पुनले कैलालीमा तीन दिनसम्म बस्ने बताएका छन्। भोलि शुक्रवार बिहान शिवपुरीधाममा किताब विक्री गर्ने योजना रहेको पुनले सुन्दराञ्चललाई बताएका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap