उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण


लेखक : सुन्दराञ्चल      अशोज २, २०८० मा प्रकाशित     
उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

धनगढी असोज २,सार्वजनिक वित्त व्यवथापनमा नागरिक सहभागितालाई महत्वका साथ अघि बढाउन धनगढी उपमहानगरपालिकाले नागरिक सहभागिता सम्बन्धि नीति २०८० र नागरिक बजेट २०८०÷८१ को लोकार्पण गरेको छ । उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा असोज १ गते प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री एवं स्थापना दिवसका प्रमुख अतिथि प्रकाश बहादुर देउवाले लोकार्पण गरेका हुन ।
आमनागरिहरु पनि यस उप–महानगरपालिकाको नीति तथा कार्यक्रमको साथै बजेट बारे सचेत हुन आवश्यक रहेकाले यस आर्थिक वर्ष २०८०÷८१ देखि नागरिक सहभागितामा बजेटको निर्माण कार्यको थालनी धनगढी उप–महानगरपालिकाले गरेको छ ।
सार्वजनिक वित्त व्यवथापनमा नागरिक सहभागिता र नागरिक बजेटको निर्माणमा यूरोपियनयुनियन, युनिसेफ लगायत मित्र समाजलाले सहयोग पुर्याएको छ । यसको कार्यान्वयनका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा धनगढी उप–महानगरपालिकाले गरेको छ । लोकार्पण कार्यक्रममा पेफा सचिवालय सदस्य सचिव गोकुल बास्तोलाले सार्वजनिक बित्त ब्यबस्थापनको औचित्यबारे जानकारी गराएका थिए । उनले निति निर्माण र बजेट निर्माणमा नागरिकको किन आवश्यकता छ भन्ने बारेमा बताएका थिए ।
नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ ले दिएको काम, कर्तव्य र अधिकारका आधारमा धनगढी उप–महानगरपालिकाको दशौँ नगर सभाले आ।व। २०८०÷०८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरिसकेको छ ।
स्थानीय सरकारको अधिकार र मर्मलाई बुझेर उप–महानगरपालिकाले आमनागरिक –अपाङ्गता भएका अल्प–संख्यक व्यक्तिहरु तथा महिला र बालबालिका सहित०, वडा समिति, बजेट निगरानी समूह,विभिन्न विषयगत समिति कार्यपालिका, विषयविज्ञ, आमसंचार जगत, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, भुतपूर्व राष्ट्रसेवक कर्मचारी, शिक्षक, व्यापारी वर्गसंग आवश्यक परामर्श र सुझाव लिएर नीति तथा कार्यक्रम संगै आ।व। २०८०÷०८१ को वार्षिक बजेट तर्जुमा गरेको हो ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap