२९ चैत,पछिल्लो समय नेपालमा मूल्यवृद्धि अकाशिएको छ । सरकारी तथ्याङ्कले मूल्यवृद्धि बढेको देखाएको हो । नेपाल राष्ट्र बैंक मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७८ फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ ।
२०७७ फागुनको तुलनामा २०७८ फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ ।