देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु


लेखक : सुन्दराञ्चल      कार्तिक २७, २०७९ मा प्रकाशित     
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

कात्तिक २७,  देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।  काठमाडौं महानगरपालिका–११ थापाथलीमा बागमती प्रदेश–०२–०१९ प ३१९५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा बरियारपुर घर भएका ४४ वर्षीय राम बाबुप्रसाद कुसहवा रहेका छन् । उनको आइतबार बिहान मृत्यु भएको हो ।  ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचार भइरहेको छ ।

भक्तपुरको भक्तपुर नगरपालिका–१ च्यङ्गा गणेश मन्दिर ननिक सडकमा बा।७ च ०८१५ नम्बरको कारले प्रदेश–०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका–१ बस्ने २३ वर्षीय सन्दिप बस्नेत छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँस्थित सडकमा को.३१ प ७२६६ नम्बरको मोटरसाइकल र बीआर ३८ एन २२०२ नम्बरको कार शनिबार बेलुकी  ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक केराबारी गाउँपालिका–७ बस्ने ४२ वर्षीय उत्तम कुमार मगर छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङको ज्वालामुखी गाउँपालिका–४ टारीस्थित सडकमा ग.१ ज. ५५८० नम्बरको बोलेरो शनिबार बेलुकी दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बोलेरो चालकसहित ६ जनालाई उपचारको लागि जिल्ला अस्पताल धादिङ पठाइएकोमा ५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको उपचार भइरहेको छ ।

उपचार पश्चात् डिस्चार्ज भएका बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap