दूध भात दिएपछि बिरालो छिमेकीको घरमा जानु स्वभाकि भएको केपी ओली,


लेखक : सुन्दराञ्चल      फाल्गुन १४, २०७९ मा प्रकाशित     
दूध भात दिएपछि बिरालो छिमेकीको घरमा जानु स्वभाकि भएको केपी ओली,

काठमाडौं १४ फागुन,  नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोको संज्ञा दिएका छन् । ‘ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन,’ आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने ।

उनले आफूले ८० सिट हुँदा पनि पदको लोभ नगरेको तर प्रचण्डले ३२ सिट भएर पनि पदका लागि लोभ गरेको र जे पनि गरेको आरोप लगाए ।

उनले पार्टी छाडेर जाने शीर्ष नेताहरूको नामै नलिई पिलो निचोरिएको संज्ञा दिए । ‘पिलो निचोर्दैमा ओजन घट्दैन’ उनले भने, ‘टुप्पाको पात हो भनेर फुर्ति लगाए पनि झरेपछि त्यो मल नै हुने हो । को त्यसरी बिस्तारै झरिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ ।’

अध्यक्ष ओलीले विदेशी शक्तिले आफूलाई लखेटिरहेको बताए । ‘विदेशी शक्ति र देशका प्रतिक्रियावादीहरूबाट सबैभन्दा म बढी लखेटिएको छु,’ उनले भने ।

चीनसँग सहकार्य गरेकोमा भारत रिसाएको उनको संकेत थियो । ‘उत्तरतिर बाटो थिएन मैले बाटो खोलिदिएँ,’ उनले भने, ‘सीमा मिचिएको थियो कोही बोल्न सकेको थिएन । म बोलेँ, नक्सा बनाएँ र त्यसलाई संविधानको अंश पनि बनाइदिएँ ।’ अरु सरकार भए संविधान नै संशोधन गरेर यस्तो काम गर्न नसक्ने उनको तर्क थियो । अनलाइनखबर
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap