दार्चुला असिगडामा नेपाल–भारत जोड्ने मोटरेबल स्टिल ब्रिज निर्माण


लेखक : सुन्दराञ्चल      मंसिर १७, २०८१ मा प्रकाशित     
दार्चुला असिगडामा नेपाल–भारत जोड्ने मोटरेबल स्टिल ब्रिज निर्माण

दार्चुला : दार्चुला असिगडामा नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको मोटरेबल स्टिल ब्रिज निर्माणको काम सकिएको छ । असिगडा पुल कञ्चनपुरपछि दोस्रो मोटरेबल नाका बनेको छ । पुल निर्माणको काम भारतीय पक्षले गरेको हो ।

दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोट नजिकको छारछुम क्षेत्र जोड्ने मोटरेबल पुलको काम यही मङ्सिर पहिलो साता सकिएको हो । अब दुई देशका नागरिक यातायात सुचारु हुने प्रतीक्षामा छन् । भारतीय कम्पनी पी एन्ड आर इन्फ्रा पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपियाँ रहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले बताए ।

पुल निर्माणको काम सम्पन्न भएपछि नेपाल र भारतका धार्मिक, पर्यटकीय क्षेत्र र व्यापार व्यवसायमा टेवा पुग्ने छ । पुल निर्माणको काम सकिएपछि नेपालतर्फको १५० मिटर सडक सम्याएर स्तरोन्नतिको काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । प्रजिअ जोशीले पुल सञ्चालनका लागि दुई देशका उच्च अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेपछि सञ्चालनमा आउने बताए । पुलका दुवैतर्फ छिट्टै नेपाल–भारतका सुरक्षाकर्मीको चेक पोस्ट बस्ने उनले बताए।
यो पुलबाट भारतको धार्चुला हुँदै पिथौरागढ, हलद्वानी भएर टनकपुर र भारतको राजधानी नयाँ दिल्लीसम्म पुग्न सकिन्छ । त्यसै गरी नेपालतर्फको दार्चुलास्थित मालिकार्जुनधाम, अपि नाम्पा, बैतडीको त्रिपुरासुन्दरी, पातालभुमेश्वर गुफालगायतका क्षेत्र हुँदै भारतीय पर्यटकले कैलाली र कञ्चनपुरसम्मको यात्रा गाडीमै गर्न सक्ने छन् ।
नेपाल–भारत जोड्ने बैतडीको झुलाघाट मोटरेबल पुलको चर्चा सेलाएको छ । झुलाघाट मोटरेबल पुल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच लिखित सहमति भए पनि पुल निर्माणको कुनै सुरसार देखिएको छैन ।

गएको सङ्घीय निर्वाचनमा तीन ठुला राजनीतिक दल नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैतडीको पाटनमा आयोजित फरक फरक चुनावी सभामा झुलाघाट पुल छिटै निर्माण हुने आश्वासन दिएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap