दशैंको बेला धनगढीमा घरमा कोही नभएको मौका छोपी तिन घरमा नगद र गहना चोरी


लेखक : सुन्दराञ्चल      अशोज २८, २०८१ मा प्रकाशित     
दशैंको बेला धनगढीमा घरमा कोही नभएको मौका छोपी तिन घरमा नगद र गहना चोरी

धनगढी असोज २८, दशैंको बेला धनगढीका बिभिन्न स्थानका तीनवटा घरमा चोरी भएका छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर(३ मा दुई घर र धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा एक घर गरी तीनवटा घरमा चोरी भएका भएका ।दशैंको समयमा एकैदिन तीन वटा घरमा कोही नभएको मौका पापेर चोरी भएको प्रहरीले बताएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले धनगढी वडा नम्बर ३ स्थित फिस रिसोर्ट नजिकै शिवलाल अर्यालको घरमा चोरी भएको छ। उनी दशैंको टीका लगाउन पुनर्वास गएको अवस्थामा घरभित्रको दराज फोडेर करिब ७० हजार रुपैयाँ चोरी गरिएको छ। चोरी भएको विषय हिजो ,आइतबार १ बजे मात्र घरधनीले प्रहरीलाई खबर गरेका थियो ।

सोही स्थानमा रहेको अर्को घरमा पनि चोरी भएको छ। कल्पना विकको घरमा चोरी भएको खबर प्रहरीले प्राप्त गरेको छ। उनी टीका लगाउन माइती घर झलारी गएको अवस्थामा मुल ढोकाको घरको ताला तोडेर घरभित्र रहेको तीन तोला सुन चोरी भएको भन्दै विकले प्रहरीले जानकारी गराएकी छन्। यस्तै धनगढी उपमहानगरपालिका–१३ नवदुर्गा टोलको एक घरमा पनि चोरी भएको छ। टेकेन्द्रबहादुर कुँवरको घरबाट २१ हजार रुपैयाँ चोरी भएको छ। प्रहरी सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap