दलितमहिला र किशोरीको प्रर्बद्धनमा सञ्चार क्षेत्रको भुमिका सम्बन्धी एक कार्यक्रम सम्पन्न,


लेखक : सुन्दराञ्चल      चैत्र १, २०८० मा प्रकाशित     
दलितमहिला र किशोरीको प्रर्बद्धनमा सञ्चार क्षेत्रको  भुमिका सम्बन्धी  एक कार्यक्रम सम्पन्न,

महादेव गिरी संवाददाता

चैत्र १ धनगढी, दलितमहिला र किशोरीको मानवअधिकार प्रर्बद्धनमा सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका रहेको सञ्चारकर्मी तथा सरोकारबालाहरूले बताएका छन् ।
दलित महिला संघ ९फेडो०कैलालीको आयोजनामा धनगढीमा आज बिहीबार आयोजित नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रर्बद्धनमा सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका रहेको कार्यक्रममा बताए ।
दलित महिला संघ ९फेडो० को आयोजना र एफजेएसको सहयोगमा कैलालीका धनगढी उपमहानगरपालिका र गौरिगंगा नगरपालिकामा “दलित महिला र बालिकाहरूको मानवअधिकार अभिबृद्धि परियोजना लागू भएको छ ।
सन् २०२३ को मे महिनादेखि २०२६ अप्रिलसम्म यो परियोजना सञ्चालन हुने जनाइएको छ । सामाजिक न्याय र लैङगिक न्यायमा पहुँच बढाउने र दलित महिला बालबालीका र किशोरी तथा अन्य सिमान्तकृत समुहको मानवअधिकार प्रर्बद्धनमा ९फेडो० लागीरहेपनि सञ्चार क्षेत्रबाट हुने सहकार्य गर्न तयार रहेको नेपाल पत्रकार महासंघ कैलालीका सचिब प्रेम दहितले बताए । सामाजिक परिचालन, आर्थिक सशक्तीकरणको माध्यमबाट दलित महिला बालबालीका र किशोरीहरुको अधिकारको संरक्षणमा पनी तिन तहकै सरकार लाग्नुपर्ने उनको भनाई छ ।
दलित महिला संघ ९फेडो० कैलालीका कार्यक्रम संयोजक विनोद घिमिरेले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संयोजक विनोद घिमिरेले दलित महिला, किशोरी र एकल, असक्षम र यौनिक अल्पसंख्यक तथा मानवअधिकारबाट बढि बञ्चित समुहहरूलाई लक्षित गरी कार्यक्रम लागू भएको जानकारी दिए । परियोजनाले सामाजिक न्याय र लैंगिक न्यायमा पहुँच बढाउन र दलित महिला, बालिका र अन्य सिमान्तकृत समुहहरूको मानवअधिकार प्रवर्द्धन गर्न राज्य र गैरराज्य पक्षलाई जवाफदेही र उत्तरदायी बनाउने लक्ष्य राखेको छ।

त्यस्तै, लक्षित समुहहरूको मानवअधिकार, सामाजिक र लंैगिक न्याय प्रवर्द्धन–संरक्षण गर्न नागरिक शिक्षा, क्षमता निर्माण र नारीवादी अन्तरपुस्ता आन्दोलनलाई सुदृढ गर्ने लक्ष्य राखेको छ । त्यस्तै, सामाजिक परिचालन र आर्थिक सशक्तिकरणमार्फत लक्षित समुहहरको सामाजिक–आर्थिक अधिकारको संरक्षणका साथै सरकारी स्रोत र अवसरहरूमा पहुँच बृद्धि गर्ने लक्ष्य लिएको छ । जिल्ला कार्यक्रम संयोजक घिमिरेले परियोजनाअन्तर्गत जनचेतनामुलक अभियान, मुद्दा अनुगमन, विभिन्न तहमा वकालत, नीति समिक्षा, विश्लेषण र बहुसरोकारवालाहरूसँग संवाद, महिला राजनीतिक नेता र दलित महिला जनप्रतिनिधिसँगको संलग्नता, महिला विरुद्धको हिंसा र जातमा आधारित विभेद विरुद्ध नागरिक शिक्षा अभियान सञ्चालन हुने बताए । फेडोले गरिरहेको कामको बारेमा जानकारी दिनुका साथै सन् २०२३ मा परियोजनाबाट भएका उपलब्धी बारे जानकारी गराएका थिए । सो अवसरमा संस्थाले परियोजनामार्फत सन् २०२३ मा गरेका गतिविधि र प्राप्त उपलब्धीहरूबारे समेत जानकारी गराइएको थियो । उपलब्धीहरुमा जम्मा समुह सख्या ५१,

दलित महिला समुहमा आबद्ध महिलाहरुको संख्या १२०५, अपाङ्गता भएका ३१ र एकल ९७ जना छन् । १८ बर्ष माथिका दलित महिला हरुले सिपमुलक तालिम प्राप्त गरेको संख्या ३२, समुहका महिलाको निजी औसत मासिक आम्दानी ४ हजार, स्वरोजगार दलित महिलाको सख्या ४ सय १४, समूहमा आबद्ध महिलाहरु जो बिउपुजी र अन्य सहयोगबाट उद्दमी वा व्यापारी भएको संख्या ८५ जना रहेका छन् । यस्तै दलित महिला हरु ले न्याय तथा न्यायको पहुँचका लागि गरेको क्लीम गरेको संख्या १८७ रहेको छ ।

कम हिसा महसुस गरेकाहरूको सख्या १४०,मनोसामाजिक परामर्सबाट लाभान्वित संख्या २७ र २० बर्ष पछि विवाह गर्ने किसोरीको अनुपात ५० प्रतिशत रहेको छ ।त्यस्तै, परियोजनाअन्तर्गत जातीय विभेद र महिला हिंसाका मुद्दाहरूमा महिला अधिकार रक्षकहरूको विकास, कानुनी सहायता र साक्षरता अभियान, छलफल चौतारी, मिडिया परिचालन, महिला समुहमार्फत सामाजिक–आर्थिक सशक्तिकरण, महिला उद्यमशीलता विकास, नीति, कार्यक्रम र बजेट वकालत अभियान लगायतका गतिविधि पनि सञ्चालन हुने संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका कैलाली अध्यक्ष सविना सुनारले दलित महिला र किशोरीहरूको मानवअधिकार सम्वर्द्धन अभियानमा मिडियाको प्रभावकारी भूमिका रहेको चर्चा गर्दै सामाजिक न्यायको सवालमा सबै पक्षको सहयोग र समन्वयका लागि आग्रह गरेकी छिन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap