थाइराइडको उपचार कसरी गरिन्छ ?


लेखक : सुन्दराञ्चल      साउन १५, २०७८ मा प्रकाशित     
थाइराइडको उपचार कसरी गरिन्छ ?

खासमा थाइराइड हाम्रो गलाभित्र स्थित एक ग्रन्थी हो, जसले विशेष प्रकारको हर्मोन उत्पादन गर्छ । जब यो ग्रन्थीले सही ढंगले काम गर्दैन वा गर्न सक्दैन, आवश्यक्ताभन्दा बढी वा कम मात्रामा हर्मोन निर्माण गर्न थाल्छ । तब थाइराइडको समस्या सुरु हुन्छ ।

सामान्यत थकान लाग्नु, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु, छाला रुखो हुनु, डिप्रेसन हुनु, तौल बढ्नु, हात–खुट्टा चिसो हुनु यी थाइराइडको लक्षण हुन् ।


थाइराइड भइसकेको अवस्थामा त्यसले हाम्रो जीवनशैली प्रभावित गर्छ । यसको उपचारको केही प्रचलित विकल्प छन् । तिनै उपचार विधी अपनाएर यस विकार समाप्त गर्न सकिन्छ, जसले थाइराइड हर्मोनलाई सन्तुलित गर्न सकिन्छ ।

थाइराइड औषधि

थाइराइडमा सामान्य समस्या जस्तो ज्वरो, घाँटी खसखस हुने जस्ता समस्या हुन्छ । तर, यी समस्या देखापर्नसाथ आफुखुसी औषधी सेवन गर्नु हुँदैन । चिकित्सकको परामर्श लिएर मात्र औषधि सेवन गर्नुपर्छ । रोगको सुरुवातमा एन्टिथाइराइड औषधी दिएर रोग नियन्त्रण गरिन्छ । चिकित्सकको सल्लाह विना एन्टिथाइराइड औषधी सेवन गर्नु हानिकारक हुनसक्छ ।

हाइपरथाइराइडिज्मका लागि रेडियोगएक्टिभ आयोडिन

रेडियोएक्टिभ आयोडिनद्वारा थाइराइडलाई क्रमस सानो बनाउन सकिन्छ र अन्तमा यसलाई नष्ट गर्न सकिन्छ । यो उपचार विधी सुन्नमा जति गाह्रो लाग्छ, गर्न उति सजिलो हुन्छ । यो उपचार हाइपरथाइराइडिज्मको एक सुरक्षित उपचार हो ।

कति सुरक्षित छ रेडियोएक्टिभ आयोडिन उपचार ?

रेडियोएक्टिभ आयोडिन ५० बर्षभन्दा बढी उमेरका व्यक्तिका लागि पनि सुरक्षित मानिन्छ । गर्भवती भएको अवस्थामा भने रेडियोएक्टिभ आयोडिन उपचार गर्न हुँदैन । यसले आमा र बच्चालाई हानी गर्छ ।

मुटुको रोगीले भने यो उपचार सजिलै गर्न सक्छन् । यस थेरापीले ८ देखि १२ महिनामा थाइराइडको समस्या समाप्त गर्न सकिन्छ । सामान्यत ८० प्रतिशतसम्म थाइराइड रोगीलाई रेडियोएक्टिभ आयोडिनको एक खुराकबाट उपचार गर्न सकिन्छ । यद्यपी थाइराइडको गंभिर रोगीलाई भने यो उपचार ६ महिनासम्म लाग्न सक्छ ।

शल्यक्रियाबाट थाइराइडको उपचार

शल्यक्रियाबाट पनि आशिंक रुपमा थाइराइड ग्रन्थी निकाल्न सकिन्छ, जो एकदमै सामान्य तरिका हो । यद्यपी यसका केही साइड इफेक्ट रहन्छ । खासगरी थाइराइड ग्रन्थीको शल्यक्रिया त्यही व्यक्तिले गराउन सक्छन्, जसलाई खाना निल्नमा समस्या छ । सास फेर्न समस्या छ । गर्भवती महिला वा बच्चा, जसका लागि थाइराइडको औषधी सुरक्षित मानिदैन । उनीहरुका लागि शल्यक्रिय ठिक हुन्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap