त्रिवेणी नगरपालिका १६ओैं नगरअधिवेशन एक कार्यक्रम गरी सम्पन्न,नगर शिक्षा ऐन संसोध लगाएत सातवटा कार्यविधि पारित


लेखक : सुन्दराञ्चल      पुस २९, २०८१ मा प्रकाशित     
त्रिवेणी नगरपालिका १६ओैं नगरअधिवेशन  एक कार्यक्रम गरी सम्पन्न,नगर शिक्षा ऐन संसोध लगाएत सातवटा कार्यविधि पारित

बाजुरा  पुष २९, त्रिवेणी नगरपालिकाको १६ ओैं हिउँदे अधिवेशन तथा नगर सभा एक कार्यक्रम गरी सम्पन्न भएको छ ।  १६ ओैं नगर सभाले सातवटा कार्यविधि पारित गरेका छन्।

नगरपालिकाको कृषक समूह गठन तथा ब्यबस्थापन कार्यबिधी २०८१, (२)बिपद कोष संचालन तथा ब्यबस्थापन कार्यबिधी २०८१, (३) त्रिवेणी नगर पालिका आपतकालीन कार्य संचालन केन्द्र विधि २०८१, (४) त्रिवेणी नगरपालिका न्यायीक समितिले उजुरीको कारबाही किनारा गर्दा अपाउनु पर्ने कार्यबिधी सम्बन्धमा ब्यबस्थापन गर्न बनेको बिधेयक २०८१, (५) त्रिवेणी न.पा वन सम्बन्धि ऐन २०८१,(६) त्रिवेणी नगरपालिकाको सामुदायिक वन सञ्चालन तथा ब्यबस्थापन कार्यविधि २०८१, (७)
नगर शिक्षा ऐन संसोधन लगायतका सातवटा कार्यविधि १६ ओैं नगर सभाबाट पारित गरेको नगर प्रमुखका  स्वकीय सचिव खेमराज गिरीले जानकारी दिएका छन् ।

१६ओैं नगर सभाको अध्यक्षता नगर प्रमुख कर्णबहादुर थापा रहेका थिए । सभाले विगतको समिक्षा र आगामी कार्ययोजनाको समिक्षाका साथ नयाँ सातवटा कार्यविधि पास गरेको नगर प्रमुख कर्णबहादुर थापाले बताए । १६ ओैं नगर सभा कार्यक।मा बिभिन्न बौदिक व्यक्क्तिव, नगरबासीको सहभागिता उल्खीनिए रहेको थियो  ।

No description available.No description available.No description available.No description available.No description available.

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap