तुलनामा थोरै नेपाली विदेशमा रहेको तथ्यांक


लेखक : सुन्दराञ्चल      माघ १३, २०७८ मा प्रकाशित     
तुलनामा थोरै नेपाली विदेशमा रहेको तथ्यांक

काठमाडौं माघ १३ स्वदेशमा रोजगारीको अवसर नपाएर बर्सेनि ठूलो संख्यामा युवायुवती वैदेशिक रोजगारीमा जाने गरे पनि त्यसको तुलनामा थोरै नेपाली विदेशमा रहेको ताजा तथ्यांकले देखाएको छ।

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको विवरण अनुसार हाल विदेशमा रहेका नेपालीको संख्या २१ लाख ६९ हजार छ। जबकि रोजगारीको अवसर नपाएको भन्दै केही वर्षयता बर्सेनि पाँच लाख हाराहारी युवा वैदेशिक रोजगारीमा ९भारतबाहेक० जाने गर्छन्।

प्रारम्भिक नतिजा अनुसार २१ लाख ६९ हजार चार सय ७८ स्वदेशमा अनुपस्थित व्यक्तिमध्ये १७ लाख ६३ हजार तीन सय १५ पुरुष ९८१।२८ प्रतिशत० र चार लाख ६ हजार १ सय ३ महिला ९१८।७२ प्रतिशत० छन्।

भारतमा रोजगारीका लागि जाने नेपालीको विवरण राख्ने चलन नभएकाले त्यहाँ कति जान्छन् भन्ने अन्योल हुँदाहुँदै पनि कम्तीमा २०–२५ लाख रहेको अनुमान थियो। वैदेशिक रोजगार विभागका अनुसार हालसम्म भारत बाहेकका मुलुकमा रोजगारीका लागि जान भन्दै करिब ५५ लाखले श्रम स्वीकृति लिएका छन्।

कतिपय व्यक्ति श्रम स्वीकृति नलिई पनि वैदेशिक रोजगारीमा चोरीको बाटो हुँदै जाने गरेका छन्। भिजिट भिसाको नाममा गएका कतियप व्यक्तिले उतै काम गर्न थालेपछि सरकारले एक साताअघि जो कोहीलाई खाडी मुलुक र मलेसिया जान नदिने नीति लिएको छ। त्यस्तै कतिपय महिला विदेशी विमानस्थल प्रयोग गरेर विभिन्न मुलुकमा पुग्ने गरेका उदाहरण भेटिने गर्छन्।

तर तथ्यांक विभागको ताजा विवरणले विदेशमा २१ लाख ६९ हजार नेपाली रहेको देखाएपछि भारतमा अनुमान गरिएभन्दा थोरै नेपाली रहेछन् भन्ने पुष्टि भएको विज्ञहरू बताउँछन्। यसअघि तेस्रो मुलुकमा रोजगारीका लागि जान ५५ लाख बढीले श्रम स्वीकृति लिएकामध्ये २०–२५ लाख विदेशमै रहेको अनुमान थियो।

श्रम स्वीकृतिबाहेक अध्ययन र अन्य कामको सिलसिलामा पनि विश्वका थुप्रै मुलुकमा नेपाली पुगेको पाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार व्यक्तिगत तवरले नेपालीहरू विश्वका १ सय ७२ मुलुकमा पुगेको पाइएको छ। सोही विभागले संस्थागत ९म्यानपावरमार्फत० रूपमा भने १ सय ८ मुलुकमा जान श्रम स्वीकृति दिने गर्छ।

पछिल्लो समयमा युरोप, अमेरिका जाने नेपालीको संख्या पनि बढेको छ। कतिपय नेपालीले ठूलो रकम दलाललाई बुझाएर मेक्सिको हुँदै अमेरिका पुग्ने प्रयास गरेको पाइन्छ। त्यस्तो प्रयासमा कतिपय नेपाली बीच बाटोबाट फर्काइने पनि गरेका छन्।

विज्ञहरूले विभागको प्रारम्भिक तथ्यांकले विदेशमा जाने नेपालीको संख्या धेरै भए पनि यस्तो संख्यालाई छोटो समयमा जाने गरेको रूपमा बुझ्नु पर्ने सुझाएका छन्। ‘नयाँ तथ्यांकपछि सरकारले रोजगारीसम्बन्धी नीति राम्रो बनाउने हो भने बाध्यताको वैदेशिक रोजगारीलाई रोक्न सकिन्छ भन्ने पुष्टि हुन्छ,’ श्रम तथा आप्रवासन विज्ञ सोम लुइँटेलले भने, ‘बाध्यताको वैदेशिक रोजगारी रोक्ने यतिखेरको आवश्यकता अनुसार काम गर्न सरकारलाई नयाँ तथ्यांकले सहज बनाउँछ।’

कतिपय विज्ञ रोजगारीका लागि ठूलो संख्यामा नेपाली विदेश जाने गरे पनि पछिल्लो तथ्यांकले धेरै युवा स्वदेश फर्कन चाहने गरेको देखाएको बताउँछन्। स्वदेशमा रोजगारी र उद्यमशीलताको अभावले दैनिक ठूलो संख्याका युवायुवती वैदेशिक रोजगारीमा गए पनि उनीहरू निश्चित अवधि पूरा गरेर स्वदेशमा फर्कनुलाई सकारात्मक रूपमा लिनुपर्ने विज्ञहरूको धारणा छ।

वैदेशिक रोजगारीमा जाने युवायुवतीको संख्या पुनः बढ्न थाल्यो – PrawasKhabar

‘हाम्रो देशको समस्या भनेको नीतिमा रहेको पाइयो,’ एक विज्ञले भने, ‘युवावर्ग विदेशमा गई सीप र पैसा कमाएर फर्कनु सकारात्मक पक्ष हो। बरु सरकारमा बस्नेहरूले युवालाई कसरी बाध्यताको वैदेशिक रोजगारीबाट मुक्त गर्ने भन्ने नीति ल्याउन आवश्यक देखियो।’

सरकारमा बस्नेहरूले बाध्यताको वैदेशिक रोजगारीलाई अन्त्य गर्ने बताउँदै आए पनि बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने नीति र योजना ल्याउन नसक्दा युवा वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको पाइन्छ। जोश र जाँगर भएका युवावर्ग वैदेशिक रोजगारीमा जाँदा व्यापार घाटा बढेको बढ्यै छ।

भन्सार विभागले चालु आर्थिक वर्षको ६ महिनामा आधारित रहँदै प्रकाशित गरेको विवरण अनुसार यस अवधिमा करिब १० खर्ब रूपैयाँको आयात हुँदा १ खर्ब १८ अर्ब रूपैयाँको वस्तु मात्र निर्यात हुन सकेको छ। सन् १९८० ताका चामल निर्यात गर्ने नेपालले पछिल्ला केही वर्षयता बर्सेनि २ खर्ब रूपैयाँ हाराहारीको कृषि र पशुजन्य वस्तु मात्र आयात गर्ने गर्छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९।१३ प्रतिशत र निर्यात ९५५।४८ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख रूपैयाँको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोड ९२ लाख रूपैयाँको निर्यात गरेको थियो। निर्यात बढ्दै गए पनि आयात झन् धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा ४६।६४ प्रतिशतले बढेर आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रूपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा ६ खर्ब ४४ करोड ६१ लख रूपैयाँको व्यापार घाटा थियो।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रूपैयाँ भएको छ। गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार सात खर्ब २२ अर्ब ४५ करोड रूपैयाँ थियो। यो गत वर्षको सोही अवधिको तुलनामा ५४।८६ प्रतिशतले बढी हो।

सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारलाई दुई वर्षको श्रम स्वीकृति दिने गर्छ। त्यसैले खाडी मुलुक र मलेसिया जाने अधिकांश नेपाली श्रम स्वीकृतिको अवधि सकिएपछि स्वदेश फर्कने गर्छन्। तर भारत लगायत युरोप, अमेरिका जाने नेपाली भने लामो समय ती मुलुकमा बस्ने गरेको पाइन्छ। पछिल्लो तथ्यांकलाई सूक्ष्म रूपले केलाइरहेका विज्ञहरू वैदेशिक रोजगारी युवावर्गको रहर नभई बाध्यता रहेछ भनेर बुझ्नुपर्ने तर्क गर्छन्।

सरकारले कोरिया रोजगारीमा जानेलाई भने चार वर्ष १० महिनाको श्रम स्वीकृति दिने गर्छ। केही वर्षयता वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिटेन्सले नै अर्थतन्त्रको भरथेग गरिररहेको छ। गत वर्ष वैदेशिक रोजगारीमा गएका युवाले ९ खर्ब ६१ अर्ब रूपैयाँ रेमिटेन्स पठाएका थिए।

चालु आर्थिक वर्षको मंसिरसम्म ३ खर्ब ८८ अर्ब ५८ करोड रूपैयाँ रेमिटेन्स प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। वैदेशिक रोजगारीमा जाने युवालाई स्वदेशमा रोजगारी वा उद्यमशीलतामा लगाउन सके अर्थतन्त्र सबलीकरणमा योगदान पुग्नेमा विज्ञहरू सहमत छन्। नागरिक

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap