तालिबानको नियन्त्रणमा नआएको पञ्जशिर उपत्यकामा भीषण युद्ध


लेखक : सुन्दराञ्चल      भदौ १८, २०७८ मा प्रकाशित     
तालिबानको नियन्त्रणमा नआएको पञ्जशिर उपत्यकामा भीषण युद्ध

१८ भदौ, काठमाडौं । अफगानिस्तानमा तालिबानको नियन्त्रणमा नआएको एक मात्र प्रान्त पञ्जशिरमा तालिबान र स्थानीय नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ)बीच भीषण युद्ध चलिरहेको छ । तालिबानले उक्त प्रान्तको केही भागलाई आफ्नो नियन्त्रणमा लिएको र एनआरएफतर्फ ठूलो क्षति पुगेको दाबी गरेको छ ।

यद्यपि एनआरएफले भने यो उपत्यकाको सबै प्रवेशद्वारमा आफ्नो बलियो उपस्थिति रहेको र तालिबानका सयभन्दा धेरै लडाकु मारिएको बताएको छ । पञ्जशिर प्रान्त यसअघि पनि कहिल्यै तालिबानको नियन्त्रणमा आएको थिएन । यो प्रान्तमा ठूलो संख्यामा लडाकुहरु तैनाथ गरिएको विश्वास लिइएको छ ।

एनआरएफमा अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेह पनि सामेल छन् । अफगानिस्तानका पूर्व सैनिक र स्थानीय लडाकुलाई पञ्जशिरका स्थानीय नेता अहमद मासुदले नेतृत्व गरिरहेका छन् । मासुदका बाबुले सन् १९८० को दशकमा सोभियत संघ र १९९० को दशकमा तालिबानविरुद्ध वीरतापूर्वक युद्ध लडेका थिए ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले वार्ता असफल भएसँगै लडाकुहरु अहिले पञ्जशिर उपत्यकातर्फ लागेको बताएका छन् । तालिबान र पञ्जशिरका नेता दुई फरक ध्रुवमा उभिएसँगै वार्ता असफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

समाचारमा उल्लेख गरिएअनुसार एनआरएफले पञ्जशिरमा जारी युद्धमा ३५० तालिबानका लडाकु मारिएको दाबी गरेको छ । यद्यपि यो संख्या पुष्टि भने हुन सकेको छैन ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
Copy link
Powered by Social Snap