ताराको विमान खोजी कै क्रममा, यात्रुका आफन्त भावविह्वल


लेखक : सुन्दराञ्चल      जेष्ठ १५, २०७९ मा प्रकाशित     
ताराको विमान खोजी कै क्रममा, यात्रुका आफन्त भावविह्वल

१५, जेठ पोखराबाट जोमसोमका लागि उडेको सम्पर्कविहीन जहाज खोजी कार्य जारी छ । स्थल र हवाई मार्गबाट विमानको खोजी भइरहेको छ ।

आइतबार बिहान १० बजेर ७ मिनेटपछि तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । मौसम खराबीका कारण विमानको खोजी कार्यमा समस्या आएको छ ।

खराब मौसमका बीच नेपाली सेनाको हेलिकोप्टर सम्भावित दुर्घटना क्षेत्रतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ । उक्त हेलिकोप्टर लार्जुङमा ल्यान्ड भइसकेको बताइएको छ।

विमानको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्दार टोली स्थलमार्गबाट सम्भावित घटनास्थल प्रस्थान गरिसकेको तारा एयरले जनाएको छ ।

तारा एयरका अनुसार विमानमा चालक दलका ३ सदस्य र १९ जना यात्रुहरु सहित २२ जना रहेका छन् । यात्रुहरूमा १२ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक रहेका छन् ।

यस्तै, विमानको खोजीकार्य जारी रहँदा पोखरा विमानस्थलमा विमानमा सवार यात्रुका आफन्त पुगेका छन् । उनीहरू निकै हतास र भावविह्वल देखिन्छन् ।  तस्वीरहरू

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap