ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी


लेखक : सुन्दराञ्चल      फाल्गुन २७, २०७८ मा प्रकाशित     
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी

२७ फागुन, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ मा आज बिहान आठ बजेदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि प्रहरी, सेना, स्थानीय र दमकलसहितको अग्नि नियन्त्रक टोली खटिएका छन् । आगलागीबाट अहिलेसम्म एक घर जलेको छ । आगलागीको कारण र अन्य विवरण आउन बाँकी छ ।

ताप्लेजुङमा प्रत्येक वर्ष आगलागीका ठूला घटना भइरहेका छन् । गत वर्षको १८ फागुनमा जिल्लाको दोभान बजारमा आगलागी हुँदा ४० भन्दा बढी घर जलेका थिए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap