डेढ वर्षमा पुल निर्माण गर्ने सम्झौता भए पनि: साढे दुई वर्षमा एउटा खाल्डो मात्रै खनियो बाजुरामा


लेखक : सुन्दराञ्चल      फाल्गुन २७, २०८० मा प्रकाशित     
डेढ वर्षमा पुल निर्माण गर्ने सम्झौता भए पनि: साढे दुई वर्षमा एउटा खाल्डो मात्रै खनियो बाजुरामा

बाजुरा फागुन २७, बाजुराको मार्तडी कोल्टी सडकको बडिमालिका नगरपालिका– ८ बाउली खोलामा गत वर्ष नै पुल निर्माण भइसक्नुपथ्र्यो । डेढ वर्षमा पुल निर्माण गर्ने सम्झौता भए पनि साढे दुई वर्षसम्म एउटा खाडल खन्नेबाहेक अरुकाम भएको छैन ।

पिलर उठाउन बनाइएको फाउन्डेसन ९खाल्डो० नै पुरिन थालेको छ । जब कि पेस्कीबापत २४ लाख ७५ हजार लगिसकेको ठेकेदार कम्पनी जुगल– कौसिक जेभी एक वर्षदेखि लापत्ता छ । सडक डिभिजन कार्यालय साफेँले पाँच करोड ५८ लाख लागतमा १५ फागुन ०७९ भित्र २५ मिटर लामो मोटरेबल पुल निर्माण सक्न उक्त कम्पनीसँग १५ कात्तिक ०७८ मै सम्झौता गरेको थियो । कम्पनीको तर्फबाट सञ्चालक नरेश ओझाले सम्झौता गरेका थिए । सडक डिभिजन साफेँका निमित्त प्रमुख आशा श्रेष्ठका अनुसार सुरुमा कम्पनीको आग्रहमा १२ असार ०८० सम्मका लागि म्याद थप गरिएको थियो । तर, त्यसपछि भने ठेकेदार कम्पनी नै सम्पर्कमा आएको छैन ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याइने बताए । पुल निर्माण नहुँदा सदरमुकाम मार्तडीमा रहेको मालिका मावि र बाजुरा क्यापसमा अध्यनरत विद्याथीलाई आउजाउ गर्न समस्या भएको स्थानिएले बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap