डेंगुका बिरामीले मेवाको पात खाँदा बेहोस?


लेखक : सुन्दराञ्चल      भदौ २७, २०७९ मा प्रकाशित     
डेंगुका बिरामीले मेवाको पात खाँदा बेहोस?

भदौ २७, डेंगुमा मेवाको पात खाएमा डेंगु छिटो निको हुन्छ’ यो एक डेंगु पुष्टि भएका युवतीलाई आफ्ना सहकर्मीहरुले दिएको सल्लाह थियो। त्यसपश्चात ती महिलाले मेवाको पात खोजी त्यसलाई सिलौटोमा थिचेर पानीमा हाल्दै तीन दिन लगातार पिइन्। चौथो दिनमा स्वास्थमा असहज परिस्थिति सिर्जना भएपछि अस्पताल आउने क्रममा बेहोस हुनुएको थियो।

यो एउटा प्रतिनिधि घटना मात्र हुन सक्छ। अरुको लहलहैमामा लागेर वा सामाजिक संजालमा भने अनुसार मेवाको पात खाएर यस्तो अवस्था धेरैमा सिर्जना भइसकेको छ। अझै पनि आफूखुशी मेवाका पात खानेमा हुनसक्छ। हाल मेवाको पातको माग ह्वात्तै बढेसंगै यसको प्रयोग घरघरमा भइरहेको सहजै अनुमान गर्न सकिन्छ।

लेखकसँग थप केहि डेंगु पुष्टि भएका महिलाहरुले मेवाको पातको प्रयोग गर्ने गरेको तर प्रयोग गरे लगत्तै पेट बटारिने, वाकवाक लाग्ने भएर अस्पतालमा परामर्श लिन आइपुगेको जानकारी दिएका थिए। धेरै संक्रमितले घरमा मेवाको पातको प्रयोग गरिरहेको भएता पनि चिकित्सकलाई भने हत्तपत्त भन्ने गरेको भने पाइँदैन।

लेखकलाई सन् २०१९ को ‘डेंगु महामारीमा’ पनि मेवाको पातको बारेमा संक्रमितहरुबाट जिज्ञासाहरु प्रकट गर्ने गरेको सम्झना छ। माथि उल्लेखित उदाहरणमा झैँ यसको प्रयोग बिना जानकारी, जथाभावी र अनियन्त्रित प्रयोग हुँदै गएमा थप अर्को जनस्वास्थ समस्या ननिम्त्यौला भन्न सकिँदैन। किनभने डेंगु अहिले घर घरमा छ र डेंगु उपचारमा विशेष ‘एन्टी डेंगु औषधि’ नहुँदा नागरिकले वैकल्पिक उपचार खोज्ने र खोज्नु स्वाभाविक पनि हो।

हाल सर्वसाधारणमा डेंगु संक्रमण भए प्लेटेलेट्सको संख्या घट्ने र त्यसको संख्या मेवाको पातले छिटो सामान्यकरण गर्न सक्ने भन्ने विश्वास व्यापक भएको पाइन्छ। तसर्थ पनि हाल यसको प्रयोगको बारेमा सार्वजनिक स्वास्थ चासोको विषय बनेको हुँदा सम्बन्धित विज्ञको सहयोगमा ढिला नगरी सहि जानकारी वा आधिकारिक धारणा आउन अती आवश्यक तथा जरुरी भइसकेको छ। यस्तो जानकारी भविष्यमा देखिन सक्ने डेंगु महामारीमा पनि उपयोगी हुनेछ किनभने हालको डेंगु महामारी अन्तिम भने होइन /हुने छैन।

त्यसकारण हल्लाका भरमा वा अरुले भनेकाे भरमा जथाभावी रुपमा मेवाको पात खानु हुँदैन। यसले स्वास्थ्यमा झन् जटिल समस्या निम्त्याउन सक्छ।
Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap