डलरको मूल्य लगातार महँगिदा नेपाली रुपैयाँ झनै कमजोर


लेखक : सुन्दराञ्चल      अशोज ११, २०७९ मा प्रकाशित     
डलरको मूल्य लगातार महँगिदा नेपाली रुपैयाँ झनै कमजोर

११ असोज, काठमाडौं । डलरको मूल्य लगातार महँगिदा नेपाली रुपैयाँ झनै कमजोर बनेको छ । पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो ।

गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार बढेर एक अमेरिकी डलरको विनिमय दर -बिक्री दर) १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । सोही दिन राष्ट्र बंैकले तोकेको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको थियो ।

मंगलबार थप महँगिदा एक अमेरिकी डलरको विनिमय दर -बिक्रीदर) १३०.९० रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मंगलबारको लागि एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ, जुन डलरको विनिमय दर हालसम्मकै उच्च हो ।

गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो । गत शुक्रबार डलरको मूल्य २ महिना अगाडिको रेकर्ड तोड्दै माथि लागेको थियो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेको थियो ।

१८ साउनमा एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १२६ रुपैयाँ २५ पैसा र खरिद मूल्य १२५ रुपैयाँ ६५ पैसासम्म झरेको थियो । त्यसपछि पुनः बढ्न लागेको डलरको मूल्यले शुक्रबार नयाँ उचाइ कायम गरेको थियो ।

भारतीय मुद्रा लगातार कमजोर बन्दै जाँदा भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरको कारण पनि नेपाली मुद्रा कमजोर बन्दै गएको छ ।

अगामी दिनेमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् । फेडले ब्याजदर बढाउँदा भारत सहित विश्वभरी रहेको अमेरिकी लगानी -पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको छ । मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो ।

नेपालको व्यापार घाटा झनै बढ्ने जोखिम

यसका साथै रुस-युक्रेन युद्धका कारण तेल र ग्याँसको आपूर्ति सहज नहुँदा युरोपियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थशास्त्री नरबहादुर थापा बताउँछन् । यस्तै विश्वभरी बढ्दो महँगीको लाभ समेत डलरलाई भएको उनले बताए ।

डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम रहेको थापा बताउँछन् । यसको साथै डलरको मूल्यवृद्धिले मुद्रास्फीतिमा थप चाप पर्ने उनको तर्क छ । ‘डलरको मूल्य बढ्दा नेपाल सरकारको वैदशिक ऋणको दायित्व बढेर बजेट घाटा झनै बढ्ने जोखिम छ,’ थापाले भने ।

रेमिट्यान्स, पर्यटन र वस्तु निर्यातमा भने डलर महँगो हुँदा सकारात्मक प्रभाव पर्ने उनले बताए ।

अमेरिकी डलर बलियो बन्दै जाँदा युरो भने कमजोर बन्दै गएको छ । २०१७ यता लगातार डलर भन्दा बलियो रहेकोमा पछिल्लो १/२ महिना यता युरो भने कमजोर बनेको छ ।

शुक्रबार युरोको खरिद मूल्य १२७ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ १६ पैसा रहेकोमा आइतबार युरोको खरिद मूल्य १२६ रुपैयाँ २० पैसा र बिक्री मूल्य १२६ रुपैयाँ ७९ पैसा कायम भएको थियो ।

आज मंगलबार युरो झनै कमजोर बन्दै खरिददर १२५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसामा झरेको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap