टेबलमा हेल्मेट बजार्ने आंशिक शिक्षकलाई त्रिविमा प्रतिबन्ध


लेखक : सुन्दराञ्चल      बैशाख २६, २०८० मा प्रकाशित     
टेबलमा हेल्मेट बजार्ने आंशिक शिक्षकलाई त्रिविमा प्रतिबन्ध

२६ वैशाख,  । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले समाजशास्त्र केन्द्रीय विभागका आंशिक शिक्षक ललित विष्टलाई त्रिविमा काम गर्न प्रतिबन्ध लगाएको छ ।

परिषद्ले २२ गते निर्णय गरेर २४ गतेदेखि लागू गरेको एक प्राध्यापकले जानकारी दिएका छन् । उनले भने, ‘हाल परिषद्ले उनलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म त्रिविमा काम गर्न प्रतिवन्ध लगाएको छ ।’

आंशिक शिक्षक ललित विष्ट आफ्नो कक्षाको समयमा पढाउनसमेत नगई विभागीय आफ्नो कार्यकक्षमा तोडफोडमा उत्रिएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा उनीविरुद्ध किटानी जाहेरी परेको थियो।

आंशिक शिक्षक विष्टले गत वैशाख १३ गते समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. युवराज लुइँटेलको कार्यकक्षमा हेलमेट बजार्दै तोडफोड गरेका थिए। बिष्टले विभागीका प्रमुख डा. युवराज लुइँटेलको कार्यकक्षमा आएर हेलमेट बजारेको सीसीटिभी फुटेज गत वैशाख २१ गते सार्वजनिक भएको थियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार विभागको तर्फबाट आएको जाहेरी अनुसार अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, ‘आंशिक शिक्षक ललित विष्टविरुद्ध जाहेरी परेको छ । हामी यसबारेमा थप अनुसन्धान गरिरहेका छौं।’
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap