टिपरको  ठक्करबाट दुई बालिकाको मृत्यु


लेखक : सुन्दराञ्चल      चैत्र १६, २०७८ मा प्रकाशित     
टिपरको  ठक्करबाट दुई बालिकाको मृत्यु

काठमाडौं  १६ चैत,   काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा  टिपरको  ठक्करबाट दुई बालिकाको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ ।

स्थानीय वल्र्ड युथ इन्टरनेश्नल स्कुलमा अध्ययरत सृष्टि र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएपछि सुन्दरीजलमा तनावको स्थिति सिर्जना भएको हो ।

आक्रोशित स्थानीयले टिपरमा तोडफोड गरेका छन् । त्यस्तै, आक्रोशित समूहले सडक अवरुद्ध पारेका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिएको छ । प्रहरीले केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ ।

आज बिहान ८ बजे दुई जनालाई उनीहरूका बुबाले मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । घटनामा उनीहरूका बुबा रोहन घिसिङ पनि गम्भीर घाइते छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap