अछाम जिल्लाको वैद्यनाथ वेद विद्याआश्रम पुस्तकालय भवनको एक कार्यक्रमका विच समुद्घाटन गरिएको छ । वैद्येनाथ क्षेत्र विकास संस्थाका संस्थापक संरक्षक शुरत बहादुर शाहले उक्त पुस्तकालय भवनको एक कार्यक्रमका विच उद्घाटन गरेकाहुन् । उक्त पुस्तकालयमा नेपालको भाषा संस्कृती ,वेद ,कुरान रामायण लगायतका सयौ पुस्तक राखिएका छन् । केहि पुस्तक भारतको गोरखपुरबाट समेत ल्याइएकाछन् । वैद्यनाथ वेद विद्याआश्रमका अध्यक्ष डण्डिराज जोशिको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । यस्तै महाँशिवरात्री नजिकिनै लाग्दा मेला आयोजक समिती समेत गठन गरिएको छ ।अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी वैद्यनाथ क्ष्ोत्र संरक्षण तथा गुठी व्यवस्थापन समितीको अध्यक्ष रहने व्यवस्था अनुरुप प्रजिअ लक्ष्मण ढकालको को अध्यक्षतामा मेला आयोजक समिती गठन गरिएको हो । ढकाल केहिदिन अघि मात्र अछाम जिल्लाको प्रजिअको रुपमा अछाम आएकाहुन् । वेद विद्याआश्रमका प्रअ देवराज उपाध्याए, संथाका संरक्षक, संस्थाका अध्यक्ष लगाएतले प्रजिअ ढकाललाई जिल्लामा स्वागत समेत गरेका थिए । साथै त्यसै दिन परम्मपरा अनुसार वैद्यनाथ धाममा टाँगो ठड्याउने काम गरिएको थियो । टाँगो ठड््याएको दिन देखि महाँशिवरात्री पर्व सुरुभएको मानिदै आएको छ । नेपालका चार धाम मध्यमा वैद्यनाथ धाम समेत पर्दछ । महाँशिवरात्रीको अवसरमा वैद्यनाथमा ठुलो मेला लाग्ने गर्दछ । मेला हेर्न र शिवजिको दर्शन गर्न सुप लगाएत अन्य जिल्लाबाट हजारौ मानिसहरु त्यहाँ आउने गर्दछन् । भोलेबाबाको दर्शन गरे मनले चिताएको पाईने दर्शनार्थीको बुझाई छ ।