टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प


लेखक : सुन्दराञ्चल      माघ २३, २०७९ मा प्रकाशित     
टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

२३ माघ,    टर्कीमा सोमबार बिहान दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’का अनुसार पहिलो भूकम्प सिरियाली सीमा नजिकै गाजियनटेपको कहानमरास नजिक महसुस गरिएको थियो। युएसजीएसका अनुसार यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.८ मापन गरिएको छ ।

टर्की सरकारले देशमा संकटकालको घोषणा गरेको छ । बीबीसीका टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भूकम्पले भौतिक संरचना भत्कँदा टर्की र सिरियामा हालसम्म ९० जनाको मृत्यु भइसकेको जनाएको छ । मृत्यु हुनेको यो संख्या तीव्र गतिमा बढिरहेको अधिकारीहरुले बताएका छन् । समाचार एजेन्सी

पहिलो भूकम्प गएको केही मिनेटपछि अरु शक्तिशाली धक्काहरू महसुस भएको थियो ।

टर्की केन्द्रविन्दु रहेको भूकम्पको धक्का लेबनान, सिरिया, साइप्रस, इजरायल र प्यालेस्टाइनमा पनि महसुस गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रका भवनहरूमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले खबर लेखेका छन् ।

टर्कीका गृहमन्त्री सुलेमान शोइलुले भूकम्पले देशका १० सहरमा ठूलो प्रभाव पारेको बताए । यी सहरहरू काहमानमार्श, हाते, गाजियन्टेप, ओस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिस हुन्।  समाचार एजेन्सी 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap