टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार


लेखक : सुन्दराञ्चल      माघ २५, २०७९ मा प्रकाशित     
टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार

२५ माघ, टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको हो ।

भग्नावशेषहरुमा खोजी र उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अत्यधिक चिसो मौसमका बाबुज हाल उद्धार तथा राहतको काम तीव्र पारिएको छ ।

टर्कीका सहरहरुमा भूकम्प पीडितहरु नै उद्धार कार्यमा सक्रिय रहेको बीबीसीले जनाएको छ । कतिपय पीडितहरुले उद्धार कार्य ढिलो भइरहेको गुनासो पनि गरेका छन् ।

गत सोमबार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा टर्की र सिरियाको सीमा क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टापछि नै ७.५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।

भूकम्पले मानवीय र भौतिक क्षति धेरै भएपछि टर्की सरकारले संकटकाल घोषणा गरेको छ । अमेरिका, चीन, रुस, बेलायतलगायत देशले खोज तथा उद्धार कार्यमा सघाइरहेका छन् ।समाचार एजेन्सी एएफपीका अनुसार

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap