धनगढी फागुन ११, पछिल्लो समय नेपाली गीत संगीतको क्षेत्रमा उत्कृष्ट शब्द तथा संगीत दिँदै आएका सर्जक ज्ञानेन्द्र गिरीको नयाँ गीत जीत मान्दिन” सार्वजनिक भएको छ। ज्ञानेन्द्र गिरीकोे शब्द,र संगीत रहेको छ। भने उक्त गीतमा लोकप्रिय गायक रंजन राई र मिठो स्वरकी धनी गायिका प्रेक्षा लम्सालको सुमधुर स्वर रहेको छ।
बिहीवार मात्र सार्वजनिक भएको“जीत मान्दिन” बोलको गीतमा ज्ञानेन्द्र गिरीको शब्द तथा संगीत रहेको छ । अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई ज्ञानेन्द्र गिरीले संगीत संयोजन र बिशाल निरौलाले मिक्सिङरमास्टरिङ गरेका हुन्।
केशब राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियोमा प्रभात पल ठकुरी र प्रनीमा दाहालको अभिनय रहेको छ। उत्सव दाहालले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । डिसी अधिकारी को प्रस्तुती रहेको “जीत मान्दिन” म्यूजिक भिडियो डिसी अधिकारीको प्रस्तुतिमा निर्माण भएको भिडियो प्रनिमा दाहाल अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
पछिल्लो समयमा निकै रुचाइएका सर्जकमा पर्ने ज्ञानेन्द्रले यस भन्दा अगाडी आफनै शब्द संगीतमा र मेलिन राइको आवाजमा “जुनी जुनी” बोलको गीतको फिमेल भर्सन बजारमा ल्याई सकेको गिरीले बताए।