१७ पुस, टोकियो। जापानको इशिखावा प्रिफेक्चरमा सोमबार साँझ गएको ७.६ म्याग्निच्युटको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार इशिखावा प्रिफेक्चरको सुजु शहरमा २० जना, वाजिमा शहरमा १९ जना, नानाओ शहरमा ५ जना, अनामिजु शहरमा २ जना, हाकुई शहर र शिगा शहरमा १⁄१ जना गरी ४८ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
यसैबीच, भूकम्प प्रभावित क्षेत्रहरुमा रहेका नेपालीहरुका बारेमा सूचना संकलन भइरहेको एनआरएनए जापानले जनाएको छ ।
यसैबीच नेपाली दुतावास टोकियोले एक बिज्ञप्ति जारी गर्दै इशिखावा प्रिफेक्चरमा भूकम्पले ठूलो क्षती पुर्याएको भन्दै सर्तक रहन त्यस क्षेत्रमा रहेका नेपालीलाई आग्रह गरेको छ ।
आज जारी गरिएको विज्ञप्तिमा दूतावासले जापान सरकारले जारी गरेका सूचनालाई पालना गर्दै आफ्ना गतिबिधि गर्न नेपाली नागरिकलाई आग्रह गरेको छ ।
