जानकारी नदिएरै हटाइयो सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङको भनाइ,


लेखक : सुन्दराञ्चल      चैत्र २८, २०७८ मा प्रकाशित     
जानकारी नदिएरै हटाइयो सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङको भनाइ,

धनगढी २८ चैत, । नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सुदूरपश्चिम प्रदेशको तत्कालीन आर्थिक मामिलामन्त्री रहेका तारा लामा तामाङले मन्त्रिपरिषद् हेरफेरमा असन्तुष्टि जनाएका छन् ।

मन्त्रिपरिषद् हेरफेर गर्दा गठबन्धनमा आवद्ध नेपाली कांग्रेसले समेत आफूले जिम्मेवारी सम्हालिरहेको मन्त्रालय मागेको अवस्थामा जानकारी समेत नदिएर विनाकारण पदबाट हटाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुुकमा, ‘सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिमण्डल हेरफेर भयो रे भन्ने सुनियो त !’ भनेर व्यङ्ग्य गरेका तामाङले मन्त्रिपरिषद् हेरफेर गर्दा एकीकृत समाजवादी पार्टीको नेतृत्व र गठबन्धनले कुनै सल्लाह नगरेको दाबी गरे ।

‘मलाई जानकारी नदिएरै पदबाट हटाइएको हो । आफैंलाई थाहा छैन मन्त्रीबाट कहाँ राजीनामा गर्नु ? गरेको छैन । मैले बाहिरबाट मात्र सुनेको हो’ तामाङले अनलाइनखबरसँग भने, ‘चुनावका बेला हरेक गतिविधिले पार्टी र गठबन्धनलाई असर गर्छ नेतृत्वले सरसल्लाह गर्नुपर्थ्यो भन्ने हो ।’

सरकारमा सहभागी गराइएको नेपाली कांग्रेसले पनि आफ्नो मन्त्रालय मागेको अवस्थामा आफूमाथि अन्याय भएको उनको गुनासो छ । ‘गठबन्धनमा दिनै पर्ने भन्ने कुरा भएमा चित्त बुझाउने बाटो हुने थियो तर सबभन्दा ढिलो आएको भनेर कांग्रेसले मेरो मन्त्रालय मागेको पनि छैन’ उनले भने ।

मन्त्री पद स्थायी नहुने भएकाले कुनै न कुनै दिन जाने कुरा सामान्य नागरिकलाई समेत थाहा भएको बताउँदै उनले आपसी छलफल र सरसल्लाहविना हटाइनु गलत भएको बताए ।

एकीकृत समाजवादी पार्टीले भने मन्त्री पदबाट फिर्ता बोलाइएकाहरूले राखेको असन्तुष्टिको कुनै अर्थ नहुने बताउने गरेको छ । सरकारमा पठाउने बेला नै जुनसुकै बेला त्याग गर्नुपर्ने भनेर पठाइएकाले अहिले आएर असन्तुष्टि व्यक्त गर्न नहुने उसको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई पनि सहभागी गराउन केही दिनअघि मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् हेरफेर गरेका थिए । सो क्रममा एकीकृत समाजवादीकातर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री रहेका दीर्घ सोडारी बाहेकका दुई जनामन्त्री र तीन राज्यमन्त्री फिर्ता भएका थिए । उनीहरूको ठाउँमा नेपाली कांग्रेसले दुई मन्त्री र एक राज्यमन्त्री तथा एकीकृत समाजवादीबाट एक मन्त्री र दुई राज्य मन्त्री थपिएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap