जातियताका आधारमा महिला र बालिकामाथि हुने हिंसा र सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया धनगढीमा


लेखक : सुन्दराञ्चल      फाल्गुन २३, २०८१ मा प्रकाशित     
जातियताका आधारमा महिला र बालिकामाथि हुने हिंसा र सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया धनगढीमा

धनगढी, २३ फागुन / “समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद” भन्ने मुल मर्मका साथ धनगढीमा सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम गरिएको छ। १सय १५ औँ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा दलित महिला संघ (फेडो) कैलालीको आयोजनामा अन्तरक्रिया गरिएको फेडो कैलालीकी अध्यक्ष सबिना सुनारले बताइन्।

नेपालमा जातीय तथा लैङ्गिकताका आधारमा महिला र बालिकामाथि हुने हिंसामा सञ्चार क्षेत्र र सञ्चारकर्मीको भुमिकाबारे कार्यक्रममा बिस्तृत छलफल गरिएको थियो। कार्यक्रममा फेडोका जिल्ला संयोजक विनोद कुमार घिमिरेले प्रतिवेदन प्रस्तुत गर्दै महिला र बालिका माथिको हुने हिंसाको अवस्था र वर्तमान अवस्थाका घटनाक्रम, प्रदेशगत तथ्याङ्क, घरेलु हिंसा, बलत्कार प्रयासका घटनाको विवरण र चुनौतीहरुबारे जानकारी गराएका थिए।

साथै फेडोले जातीय र लैङ्गिक विभेद विरुद्ध गरिरहेका प्रयासहरु बारे समेत पत्रकारहरुलाई जानकारी गराएका थिए।

कार्यक्रमको अध्यक्षता दलित महिला संघ (फेडो) कैलालीकी अध्यक्ष सबिना सुनारले गरेकी थिइन्। यस्तै प्रमुख आतिथ्यमा पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवा र बिशिष्ट अतिथिमा पत्रकार महासङ्घ कैलालीका सचिव तेज भट्ट र अन्य अतिथिमा राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत सञ्चारकर्मी रहेका थिए।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap