जब लुंगीमा निक्यिए फूटबल खेल्न आमाहरु …


लेखक : सुन्दराञ्चल      चैत्र २९, २०७८ मा प्रकाशित     
जब लुंगीमा  निक्यिए फूटबल खेल्न आमाहरु …

काठमाडौं चैत २९  । लमजुङको राइनस नगरपालिकाको प्यारजुङ गाउँको सिर्जनशील समूह अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही दिनअघि आमा समूहले फुटबल खेलेको भिडियो स्थानीय प्यारजुङ युवा क्लबले आफ्नो फेसबुक पेजमा राखेपछि उनीहरु चर्चामा छन् ।

भिडियो सार्वजनिक भएपछि धेरैले मन परेको भनेर कमेन्ट लेखेका छन् । भिडियोमा लुंगी लगाएका महिलाहरु फुटबल मैदानमा खेलिरहेको देख्न सकिन्छ । एकै आमा समूहका महिलाहरु हरियो र सेतो जर्सीमा उत्रिएका छन् । यो टोलीले गत वर्ष पनि यसैगरी फुटबल खेलेको थियो ।

प्यारजुङ फुटबल क्लबका अध्यक्ष विक्रम गुरुङ गत वर्ष आमा समूह आफैंले खेल्ने प्रस्ताव गरेपछि उद्घाटन खेल खेलाएको र यो वर्ष पनि निरन्तरता दिइएको बताउँछन् । उनी भन्छन्, ‘गत वर्ष उहाँहरुले नै हामी पनि फुटबल खेल्छौं भनेर प्रस्ताव राख्नुभयो । त्यसपछि टिम बनाउन भन्यौं । टिम बनाएर आउनुभएपछि उद्घाटन खेलको रुपमा खेलायौं । त्यसैगरी यो वर्ष पनि निरन्तरता दिएका हौं ।’ आमा समूह आफैं रमाइलोका लागि खेल्न खोजेपछि क्लबले खेलाउँदा आएको सकारात्मक प्रतिक्रियाले खुसी लागेको गुरुङ बताउँछन् ।

आमा समूहले रमाइलोका लागि खेलौं न त भनेर सल्लाह भएर प्रस्ताव गरेको आमा समूहकी सदस्य तीर्थमाया गुरुङ बताउँछिन् । उनले अनलाइनखबरसँग फोनमा कुरा गर्दा हाँस्दै सुनाइन् ‘रमाइलो हुन्छ । खेलौं न त भनेर खेलेको । लुंगी लगाएर पनि राम्रो खेलेछौ भन्दैछन् मान्छेहरुले ।’

उनीहरुले फुटबल खेलेको भिडियोमा आएको सकारात्मक प्रतिक्रिया देखेर उनलाई पनि खुसी लागेको छ । ‘हामी वर्षमा एकपटक खेल्ने हो । घरमा बस्दा पनि लुंगी नै लगाउँछौं । छोटो लगाउने बानी छैन त्यही भएर लुंगीमा नै खेल्यौं,’ उनी भन्छिन् । तीर्थमाया हरियो जर्सी समूहको टिम क्याप्टेन हुन् । खेलमा उनी गोल किपर बनेकी थिइन् ।

फुटबल टोलीमा ३५ देखि ५० वर्ष उमेरसम्मका महिला सहभागी भए । उनीहरुको खेल हेर्न गाउँभरिका मानिस आए । ३० मिनेटको खेलमा दर्शकसँगै खेलाडी महिलाले पनि रमाइलो गरे ।

सेतो जर्सी समूहकी क्याप्टेन हुन्, भूमिमाया गुरुङ । गत वर्ष उनको समूहले जितेको थियो यो वर्ष हार्‍यो । गाउँमा हुने फुटबल प्रतियोगितामा छोराहरुको खेल हेर्न जाँदा आफूहरुलाई पनि खेल्न मन लागेपछि प्रस्ताव राखेको सिर्जनशील आमा समूहकी उपाध्यक्ष समेत रहेकी भूमिमायाले बताइन् ।

त्यसपछि आमा समूहको महिला नै बाँडिएर खेल्ने निर्णय गरेर खेले । गत वर्ष ६० वर्ष उमेरसम्मका महिलाले खेलेका थिए । यो वर्ष स्वास्थ्य अवस्थाका कारण उनीहरु खेल्न सकेनन् ।

उनीहरुको रमाइलो खेल सामाजिक सञ्जालमा भाइरल भएसँगै आफन्तहरुले फोन गर्दै बधाई दिइरहेको सुनाउँछिन् भूमिमाया । ‘फुपू, काकाहरुले फोन गरेर कत्ति रमाइलो गरिरहेका रहेछौ । हामीलाई पनि आउन मन लाग्यो । तिमीहरुले खेलेर गर्‍र्यौं भन्नुहुन्छ,’ उनले भनिन् ।

गाउँमा उनीहरुको फुटबलको चर्चा अझै सेलाएको छैन । उनीहरुबाट प्रभावित भएर अन्य महिला उनीहरु खेलेको देखेर अर्को वडाका महिलाहरु पनि आउने वर्ष खेल्ने योजना बनाउन थालेको भूमिमाया सुनाउँछिन् । ‘हामी रमाइलोको लागि खेलेको हो । रमाइलो पनि भयो । त्यही भएर अर्को वडाका आमा समूह पनि अर्को वर्ष हामी पनि खेल्ने भन्दैछन् ।’

खेल हुने मिति तय भएर जानकारी गराएपछि सामान्य अभ्यास खेल खेल्छन्, आमा समूह । ‘रमाइलोको लागि खेल्ने भएकाले धेरै अभ्यास गर्नुहुँदैन । कहिलेकाहीं अभ्यास गर्नुहुन्छ । नत्र त त्यही दिन नै खेल्नुहुन्छ । तर उहाँहरुको खेल पनि अहिले आकर्षणको विषय बन्दै गइरहेको छ,’ क्लबका अध्यक्ष गुरुङले भने ।

क्लबको आयोजनामा भइरहेको फुटबल प्रतियोगिताको फाइनल वैशाख १ गते हुँदैछ । त्यसदिन पनि एकछिन फुटबल खेल्ने भनेर आफूहरुले प्रस्ताव गरेको भूमिमायाले बताइन् । ‘अरु पुरस्कारको लागि खेल्ने हो । हामी छोराहरुले खेलेको देखेर रमाइलोका लागि खेलेका हौं । १ गते पनि खेल्ने तयारीमा छौं ।’अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap