महादेव गिरी संवाददाता
धनगढी बैशाख ७, धनगढीमा रहेको चैतन्य पाठशालाले मातातीर्थ औंसीको दिन पारि पाठशालाले आमा अभिभाबकहरुलाई सम्मान कार्यक्रम गरेको छ। चैतन्य पाठशालाले बैशाख ७ मातातीर्थ औंसी तथा आमाको मुख हेर्ने दिनको शुभदिनमा पाठशालाले सम्पुर्ण आमाहरुलाइ विद्यालयले आयोजना गरेकोमातातीर्थ औसीको विशेष कार्यक्रममा सम्मान गरिएको हो ।
सोही मातातीर्थ औसी सम्मान कार्यक्रममा विद्यालयकी जेष्ठ आमा विष्णु देवी थापा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा चैतन्य पाठशालाका चैतन्य पाठशालाका कार्यकारी अधिकृत गणेश प्रसाद जोशी प्रधानाध्यापक हरी प्रसाद जोशी,सञ्चालक समिति सदस्य एबम् संस्थापक प्रिन्सिपल उदय प्रताप सिंहले सम्पूर्ण आमाहरुलाई मायाको चिनो सहित सम्मान गरेका थिए।
कार्यक्रममा विद्यालयका अध्यक्ष एबम् चैतन्यका प्रमूख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले आमा शब्दको पवित्रता र यसको महिमाबारे चर्चा गर्दै धनगढीमा पहिलो पटक मातातीर्थको पवित्र दिनमा सृष्टि कर्ता, ममताकी प्रतिमूर्ति सम्पूर्ण मातृ शक्तिलाई नमन् गर्दै यो कार्यक्रम आयोजना गरिएको बताए।
चैतन्य पाठशालाका कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले वर्तमान समयमा आमाको ममताले नै आदर्श समाजको निर्माण गर्न सकिने र त्यसको लागि आमाहरु शिक्षित नभएपनि असल मार्गनिर्देशनको भुमिकाले देश र सम्पूर्ण विश्वको कल्याणमा अहम भूमिका निर्वाह गर्ने कुरा बताए। कार्यक्रम सञ्चालन शिक्षक रमेश क्षेडालले गरेका थिए भने स्वागत मन्तव्य हेमा जोशीले गरेकी थिइन् ।