चैतन्य पाठशालाद्वारा पतन्जली योग केन्द्रलाई सामग्री हस्तान्तरण


लेखक : सुन्दराञ्चल      कार्तिक २३, २०८० मा प्रकाशित     
चैतन्य पाठशालाद्वारा  पतन्जली योग केन्द्रलाई सामग्री हस्तान्तरण

महादेव गिरी संवाददाता

धनगढी कार्तिक २३,धनगढीमा रहेको चैतन्य पाठशालाले स्कुलले योग अभ्यास सहयोग सामग्री हस्तान्तरण गरेको छ। आज एक कार्यक्रम बिच पाठशालाले चैतन्य पाठशाला पतन्जली योग केन्द्र शिवनगरलाई योग अभ्यास सहयोग सामग्री हस्तान्तरण गरेको हो ।

चैतन्य पाठशालाका संचालक सदस्य पदम बहादुर धानुकले चैतन्य पाठशाला पतन्जली योग केन्द्रका संयोजक गोरख खाती लाई स्वागत गर्दै पाठशालाका प्रधानाध्यापक अशोक राज खातीले योग अभ्यास सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा चैतन्य पाठशालाका संचालक तथा संचालक निर्देशक उदय प्रताप सिंह, भाईस प्रिन्सिपल कटक बहादुर सिंह, विद्यालय संयोजक रबि साउद तथा समाजसेवी बाल कृष्ण चौधरीको पनि उपस्थिती रहेको थियो। भने चैतन्य पाठशाला पतन्जली योग केन्द्र शिवनगरमा ५मा हरेक दिन बिहान ४।४५ देखी ६।३० बजे सम्म नियमित रुपमा योग अभ्यास भइरहेको केन्द्रका संयोजक गोरख खातीले जानकारी दिए।

त्यसै गरी भाईस प्रिन्सिपल कटक बहादुर सिंहले धनगढी उपमहानगरपालिकामा योग केन्द्र सन्चालन गर्ने एक मात्र बिद्यालय चैतन्य पाठशालाले शिक्षा सँगै आरोग्य जीवनको लागि योग साधना मार्फत स्थानिय समुदायमा बिगत बर्ष देखिनै सकारात्मक योगदान गरिरहेको भाईस प्रिन्सिपल कटक बहादुर सिंहले बिचार ब्यक्त गरेका थिए ।

 

Open photo

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap