चैतन्य पाठशालाद्वारा चैतन्य बाल साहित्य सम्मेलन एक कार्यक्रमको आयोजना गरी सम्पन्न


लेखक : सुन्दराञ्चल      फाल्गुन १५, २०८० मा प्रकाशित     
चैतन्य पाठशालाद्वारा चैतन्य बाल साहित्य सम्मेलन एक कार्यक्रमको आयोजना गरी सम्पन्न

महादेव गिरी संवाददाता

धनगढी फागुन १५,धनगढी शिवनगर ५ मा रहेको चैतन्य पाठशालाद्वारा चैतन्य बाल साहित्य सम्मेलन एक कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । आज मंगलबार बिद्यालयकै प्राङ्गणमा बाल साहित्य सम्मेलन आयोजना गरिएको हो ।

चैतन्य पाठशालाका पिटीए अध्यक्ष ईश्वर गिरीको सभाध्यक्षमा भएको बाल साहित्य सम्मेलनमा प्रमुख अतिथी साहित्यकार बद्री सर्मा बिनाडी रहेका थिए । चैतन्य बाल साहित्य सम्मेलनको स्वागत मन्तब्य ब्यक्त गर्दै प्रधानाध्यापक कटक सिँहले शिक्षासहित संस्कारको सिकाईरहेको चैतन्यले बिद्यालय तहबाटै ज्ञानगुनका कुरा उजागर गरिरहेको बताए ।

बिद्यालय तहबाटै बिद्यार्थीहरु बिभिन्न रचनात्मक कृयाकलापसहित यस्ता साहित्य क्षेत्रको माध्यमबाट उनीहरुको सिप कला क्षमता र ज्ञानगुनका कुराको बृद्यि बिकास हुने बताए ।
किताबी ज्ञान बाहेक यस्ता रचनात्मक र सिर्जनशिलताले पनी बिद्यार्थीहरुको बौद्यिकता बढ्ने उनले बिश्वास लिएका छन् । यस्तै चैतन्य पाठशालाका सीइओ गणेशप्रसाद जोशीले पाठशालाले २० वर्षपछि काम लाग्ने शैक्षिक गुणस्तरीय शिक्षा दिइरहेको बताएका छन्। विद्यालयमा वेद र विज्ञानलाई सँगसँगै पढाइरहेको र विद्यार्थीहरूलाई अहिलेको समय परिवेश अनुसार आवश्यकता परेको शिक्षा अनुकूल स्मार्ट बोटबाट समेत पठनपाठन गराइरहेको जानकारी दिए ।

No description available.

शिक्षा र संस्कारको संगम चैतन्य पाठशाला अझै पनि गुणस्तरीय शिक्षाको गुणस्तरीय शिक्षाको लागि अझै हरपल लागिरहेको उनको भनाइ छ ।
कार्यक्रममा बिभिन्न बिद्यार्थीहरु आफैले रचना गरेका गित कविता, गजल लगायतका साहित्यक रचनाहरु सुनाएका थिए । कार्यक्रममा कक्षा ८ मा अध्ययनरत बिद्यार्थी जेनी चौधरीले म को हुँ भन्ने रमाईलो र ज्ञान बद्र्धक कविता सुनाएकी थिइन् ।
कार्यक्रममा कैलाली बहुमखी क्याम्पसका सहायक प्राध्यापक गणेश प्रसाद जोशीले बाल साहित्य सम्मेलनले बिद्यार्थीको चौतर्फी बिकास गर्न सहयोग गरेको भन्दै आयोजकलाई धन्यवाद दिएका छन् ।

उनले बिद्यालयले केवल पठनपाठन मात्रै गरेर नहुँने भन्दै यस्ता रचनात्मक र सिर्जनशिलतालाई जोड दिनुपर्ने बताएका छन् । सहायक प्राध्यापक जोशीले भने, बिद्यार्थीले किताबी कुरा घोक्ने, रटाउने, परम्परालाई तोड्नुपर्छ, खेल्ने रमाउने सिक्दै जाने गर्नुपर्ने आवश्यक रहेको बताए ।कार्यक्रममा चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी,पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिँह, संस्थापक प्रधानाध्यापक उदय प्रताप सिँह रहेका थिए । महाकाव्यकार मनिराज जोशी, साहित्यकार यज्ञराज जोशी यात्री, कैलाली बहुमखी क्याम्पसका प्राध्यापक सिताराम भट्ट, सुदुरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष, तीर्थराज पाण्डेय,उपाध्यक्ष रुपा श्वांर, डेउडा गायक सुरत रावत डोटेली कान्छा, राजेन्द्र शाह बिपी, साहित्यकार तारा पल्लवी, डिल्लीराज जोशी, तोयनाथ भट्ट, डिल्लीराज ओझा, गणेश नेपाली, भिमदत्त बिनाडी, सितल खड्का,सिब नारायणी दहित, पुस्पराज पाण्डे अभिभावक ,बिध्यार्थी,लगायतको उपस्थीती रहेको थियो । भने कार्यक्रमको सञ्चालन शिक्षीका हेमा जोशीले गर्नु भएको थियो ।

No description available.

 

 

No description available.

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap